हाम्रो गतिविधि
रु.२,३६,०००।०० मूलधन राशीको दैबी प्रकोप उद्दार अक्षयकोषको स्थापना

मिति २०७३।११।२१ गते, काठमाडौं, जिमी (राई) उत्थान समाज, सोलु मातहत सञ्लान हुने गरी यस समाजको अन्तराष्ट्रिय शाखा, बेलायतबाट “दैबी प्रकोप उद्दार कोष”  शिर्षकमा रु.२,३६,०००।– (अक्षेरुपी दुई लाख छत्तीस हजार) मात्र मूलधन राशीको अक्षयकोष स्थापना गर्न  केन्द्रीय समितिलाई प्राप्त भएको छ । उक्त अक्षयकोष केन्द्रद्धारा सञ्चालित अन्य अक्षयकोषहरु झै उक्त अक्षयकोषको रकम भरपर्दो बैंक/बित्तीय संस्थाहरुमा जम्मा गरी उक्त रकमको वार्षिक ब्याजबाट बिषेश गरी भूकम्प र सो नभए दैवी प्रकोपद्धारा पिढितहरुलाई समाजको निर्देशिकाको अधिनमा रही सहयोग उपलब्ध गराउईने छ । यसरी केन्द्रीय समिति मातहत अक्षयकोष स्थापना गरी अमूल्य सहयोग गर्नु हुने अन्तराष्ट्रिय बेलायत शाखाप्रति समाज कृतज्ञता ब्यक्त गर्दै केन्द्रीय समिति हार्दिक स धन्यवाद ज्ञापन गर्दछौं । 
 
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौं ।
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player