हाम्रो गतिविधि
शुभकामना आदान प्रदान तथा सहभोज कार्यक्रम २०७४ सम्पन्न

नयाँ वर्ष २०७४ सालको अवसरमा जिमी (राई) उत्थान समाज सोलु, युवा विभागको आयोजनामा, मिति २०७४ साल बैशाख १ गते, काठमाण्डौको सुकेधारा स्थित नवदुर्गपार्टी प्यालेसमा शुभकामना आदान प्रदान तथा सहभोज कार्यक्रम २०७४ सम्पन्न भयो । बिभिन्न पेशा तथा ब्यवसायमा देश विदेशमा छरिएर रहेका सोलुबासी एवं गैर सोलुबासीहरुको बाक्लो उपस्थिति भएको थियो । 
गत बर्ष झै यस वर्ष पनि आजैको दिन, यसै कार्यक्रममा समाजद्धारा स्थापना गरिएको जिमी (राई) सन्जीवनि स्वस्थ्य उपचार कोषको लागि पुनः थप नयाँ रकम यस समाजका बिशिष्ट सदस्य हङ्गकङ्ग निवासी श्री डिल्ली राम राई को विशेष अगुवाईमा हाल हङ्गकङ्गमा बसोबास गर्दै आउनु भएका महानुभावहरुबाट रु. १,४२,२५८।– (एक लाख बयालीस हजार दुई सय अन्ठाउन्न रुपैयाँ) रकम समाजलाई बर्तमान सचिव श्री भोजानन्द राई मार्फत प्राप्त भएको छ ।
 
युवा विभागका, सचिव सुश्री आकृता राईको संयोजकत्वमा युवा विभागकै सदस्यद्धय दीपा राई सचिव र सागर राई कोषाध्यक्षको भुमिकासँगै यसै कार्यक्रमको अवसरमा युवा विभागकै सदस्य सुश्री सरिता राईले संस्थाको संगठानीक गतिविधि र कोषको सम्बन्धमा संक्षिप्त जानकारीमूलक विवरण र आर्थिक प्रतिबेदन समेत प्रस्तुत गर्नुभएको थियो ।  
 
शब्द निर्माण, बस्तु पहिचान, विङ्गो, जोडि ईटा दौड, हट पटेटो, जोडी पेपर नृत्य र चम्चा दौड आदि बिभिन्न खेलहरुको प्रतियोगिता पनि आयोजना भएको थियो । कार्यक्रममा विभिन नव उदयमान् कलकारहरुमार्फत गीत, नृत्य र आ–आफ्ना बेजोड प्रस्तुतीहरु प्रस्तुत गर्दै सम्पूर्ण उपस्थित महानुभावहरुको सामुहिक नृत्यले भरपूर्ण मानोरञ्जन प्राप्त भएको थियो । प्रतियोगितामा बिजेताहरुलाई पुरुस्कार हस्तान्तरण गर्नुहुदै युवा विभाग समिति, अक्षयकोषको लागि सहयोग उपलब्ध गराउनु हुने महानुभावहरु  लगायत सम्पूर्ण सहभागिहरु प्रति समाजका अध्यक्ष श्री यस बहादुर राईले हार्दिक अभार प्रकट गर्दैै सबैलाई स धन्यवाद ज्ञापन गर्नु भयो । अव आउने दिनहरुमा पनि यसरी नै निरन्तर यहाँहरुको सहयोग, सदभाव र सल्लाह सुझाबको अपेक्ष गर्दै नव वर्ष २०७४ को हार्दिक मंगलमय शुभकाना दिनुभयो । 
 
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौ ।
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player