निर्देशिका
जिमी (राई) उत्थान समाज, सोलुको
“जिमी (राई) संजीवनी स्वास्थ्य उपचार कोष निर्देशिका २०७३
 
प्रस्तावनाः
सोलुखुम्बु जिल्लामा स्थायी बसोबास भएका वा पुख्र्यौली घर सोलु भई अन्यत्र विभिन्न स्थानमा बसोबास गर्ने किरातहरुको भाषा, धर्म, कला, संस्कृति आदिको संरक्षण, सम्बद्र्धन गर्दै सामाजिक, आर्थिक, शैक्षिक तथा स्वास्थ्य लगायतका सर्वा·िन उत्थान गर्ने पवित्र उद्देश्यले बि.सं. २०५५ सालमा स्थापना भएको यस संस्थाले मानवीय समवेदनाबाट अभिप्रेरित विशाल हृदय भएका दाताहरुको सहयोगवाट विभिन्न शिर्षकहरुमा अक्षय कोषको स्थापना गरी सञ्चालन गर्दै आईरहेकोमा बदलिदों समय र बिकासको क्रमसँगै मुटु, मृगौला, क्यान्सर लगायतका कडा तथा घातक रोग लागेका र गम्भिर दुर्घट्नामा परी उपचार खर्च जुटाउन नसक्ने स्थिति भएका विरामीलाई सामान्य आर्थिक सहयोगको रकमवाट उपचार हुन सक्ने नदेखिएकाले त्यस प्रकारका बिरामीहरुको स्वास्थ्य उपचारमा बिशेष सहयोग पुगोेस भन्ने अभिप्रायले यस समाज, सोलुको विधान, २०५५ को परिच्छेद–८ को दफा २४ ले दिएको अधिकार प्रयोग गरी समाजले यो “जिमी (राई) संजीवनि स्वास्थ उपचार कोष निर्देशिका, २०७३” तर्जुमा गरिएको छ ।
 
परिच्छेद–१
 
प्रारम्भिक
 
१. संक्षिप्त नाम र प्रारम्भः
(क) यस निर्देशिकाको नाम “जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोष निर्देशिका–२०७” रहेको छ ।
(ख) यो निर्देशिका समाजको केन्द्रीय कार्यसमितिवाट पारित भएको मिति देखि लागू हुनेछ ।
 
२. परिभाषाः बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामाः
क) “विधान” भन्नाले जिमी (राई) उत्थान समाज, सोलुको विधान, २०५५ लाई जनाउ“दछ ।
ख) “निर्देशिका” भन्नाले जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोष निर्देशिका, २०७ लाई जनाउ“छ ।
ग) “जिमी (राई)” भन्नाले समाजको विधान २०५५ को परिच्छेद १ को दफा २ (ख) अनुसारका  जातीलाई जनाउदछ ।
घ) “समाज” भन्नाले जिमी (राई) उत्थान समाजलाई जनाउ“छ ।
ङ) “समाजको सदस्य” भन्नाल ेजिमी (राई) उत्थान समाजको विधान, २०५५ बमोजिम सदस्यता प्राप्त व्यक्तिलाई जनाउ“छ ्, र सो शब्दले अक्षयकोषदाता समेतलाई बुझाउ“छ ।
च) “कोष” भन्नाले नियम ४ बमोजिम स्थापना भएको कोषलाई जनाउंछ ।
छ) “सञ्चालक समिति” भन्नाले नियम ७ बमोजिम कोष सञ्चालनका लागि गठन भएको सञ्चालक समितिलाई र सो समितिमा रहने पदाधिकारी तथा सदस्य समेतलाई जनाउंछ ।
ज)छनौट समिति” भन्नाले नियम ११ बमोजिम गठन भएको छनौट समितिलाई जनाउ“दछ ।
झ) “अक्षयकोषदाता” भन्नाले नियम बमोजिम कोषमा सहयोग रकम उपलब्ध गराउने अक्षयकोष दातालाई जनाउ“दछ ।
ञ) “कडारोग” भन्नाले मुटु, मृगौला, क्यान्सर जस्ता गम्भिर रोगवाट विरामी परेका र गम्भिर दुर्घट्नामा परी लामो समय सम्म उपचार गर्नु पर्ने रोगलाई जनाउ“छ ।
ट) “नियम र उपनियम”भन्नाले यस निर्देशिकामा प्रयुक्त हुने नियम र उपनियमलाई जनाउ“नेछ ।
 
 
परिच्छेद–२
 
कोषको उद्देश्य
 
३. कोषको उद्देश्य:
क) जिमी (राईं)हरुको स्वास्थ्य सुरक्षााका लागि पहल गर्ने ।
ख) जिमी (राई)हरुबीच आपसी सहयोगको भावना जागृत गराउने।
ग) समूदायभित्रका जटिल रोग लागेका विरामीहरुलाई उपचारार्थ आर्थिक सहयोग जुटाउने ।
घ) गम्भिर दुर्घट्नामा परी उपचार खर्च जुटाउन नसक्ने समाजका सदस्यलाई आर्थिक सहयोग पु¥याउने ।
ङ) यो कोष सञ्चालन भएको मितिले निश्चित अवधिभित्र कम्तिमा एक करोड मूलधन राशी बराबरको अक्षयकोष निर्माण गर्ने ।
च) कोषमा आर्थिक सहयोग उपलब्ध गराउन दाताहरुलाई उत्प्रेरित गर्ने ।
छ) आफ्नो अमूल्य जातीय परम्परा, संस्कार र संस्कृतिलाई त्यागेर अन्य समूदायको संस्कारलाई अगाल्न पुगेका जिमी (राई) हरुलाई समाजमा      पुनस्र्थापितगर्न उत्पे्ररीत गर्ने ।
ज) स्वस्थ रहन खानपान, रहनसहन तथा वातावरण सम्बन्धी चेतनामूलक कार्यक्रम, गोष्ठी, सेमिनार आदिको आयोजना गर्ने ।
 
परिच्छेद–३
 
कोषको स्थापना र संचालन
 
४. कोषको स्थापना:
१) यो निर्देशिका बमोजिम जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिको मातहतमा सञ्चालन हुने गरी जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोषको नामले एक छुट्टै कोष स्थापना हुनेछ ।
२) जिमी (राई) उत्थान समाज, सोलुको कार्यालय नै कोषको कार्यालय हुनेछ ।
३) यो कोष जिमी (राई) उत्थान समाज, सोलु र कोषका अक्षयकोषदाता प्रति उत्तरदायी हुनेछ ।
५. कोषको छाप:  कोषको सञ्चालनका लागि आफ्नो छुट्टै छाप अनुसूची–१ बमोजिम हुनेछ । 
६. कोषको संचालनः
१) सोलुखुम्बु जिल्लामा स्थायी बसोबास गर्ने वा पुख्र्यौली घर सोलु भई अन्यत्र विभिन्न स्थानमा बसोबास गरी जातीय परम्परा, संस्कार र संस्कृति पालन गर्दै आएका जिमी (राई) जातीहरुको बिशेष स्वास्थ्य उपचारार्थ यो कोषको सञ्चालन गरिनेछ ।
२) सामान्य विरामीको उपचारका लागि आर्थिक सहयोग गर्न समाज अन्तर्गत मौजुदा स्वास्थ्य सम्बन्धि अक्षयकोष रहेको हु“दा त्यस्तो उपचारार्थ यो कोषवाट आर्थिक सहयोग उपलब्ध गराईने छैन ।
 ३)  उपनियम (१) बमोजिम कोष सञ्चालन गर्दा अक्षयकोषदाताहरुबाट प्राप्त रकम एकमुष्ठ मूलधनको रुपमा रहने छ । उक्त मूलधन वापत कोषमा जम्मा हुन आएको आम्दानी (क्ष्लतभचभकत) लाई मात्र शतप्रतिशत आम्दानी मानी हरेक बर्ष सोको दश प्रतिशत रकम सोही अक्षयकोषमा गाभिने छ, र बा“की   रहेको नब्बे प्रतिशत रकमवाट मात्र उपचार गराउँदा लाग्ने खर्चको अनुपातमा समितिको निर्णयानुसार उपलब्ध  गराइने छ ।      
४) उपनियम (३) बमोजिम सहयोग रकम उपलब्ध गराउंदा पछि हुन सक्ने परिस्थिति समेतलाई मध्यनजर गरी उपलब्ध गराउनु पर्नेछ । सामान्यतया ब्याज वापत रकम प्राप्त भईनसकेको अवस्थामा यस प्रकारको सहयोग उपलब्ध गराईने छैन ।
५) त्यसरी उपचार सहयोग रकम उपलब्ध गराउनु पर्ने विरामीको संख्या दुई वा सो भन्दा बढी भएमा विरामीको अबस्था हेरी छनौट समितिको सिफारिसका आधारमा उपलब्ध गराईनेछ । 
६) उपनियम (३) बमोजिम सहयोग प्राप्त गर्ने व्यक्ति कम्तिमा समाजको आजीवन सदस्यता ग्रहण गरेको वा अक्षयकोषदाता  हुनुपर्ने छ । त्यस्तो सदस्यता प्राप्त गरिसकेको अवस्था नभएमा निजलाई उपचार बापत सहयोग गरिने रकमवाट आजीवन सदस्यता वापत लाग्ने शुल्क कटाई हुन आउने रकम सहयोग स्वरुप उपलब्ध गराईनेछ । 
 
परिच्छेद–४
 
सञ्चालक समिति र छनौट समतिको गठन तथा काम, कर्तव्य र अधिकार
 
७. सञ्चालक समितिको गठन :
(१) कोषको संचालन र रेखदेख गर्न देहाय बमोजिमएक सञ्चालक समितिको गठन हुनेछ:
(क) अध्यक्ष– जिमी (राई) उत्थान समाज, सोलुको –प्रथम उपाध्यक्ष,
(ख) सदस्य– जिमी (राई) उत्थान समाज, सोलुको –महासचिव,
(ग) सदस्य– समाजवाट मनोनित सल्लाहकार मध्येबाट –एक जना,
(घ) सदस्य– समाजवाट मनोनित बिशिष्ट सदस्य मध्येबाट –एक जना,
(ङ) सदस्य समाजबाट मनोनित आजीबन सदस्य मध्येबाट – एकजना
(च) सदस्य अक्षयकोषदाताहरु – सम्पूर्ण
(छ) सदस्य सचिव केन्द्रीेय समितिको   –कोषाध्यक्ष,
(२) सञ्चालक समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्ने छ ।
८. कोषको संरक्षक: जिमी (राई) उत्थान समाज, सोलुको केन्द्रीय अध्यक्षकोषको संरक्षक हुनेछ ।
 
९. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार:
(१) कडा रोग लागि विरामी परेका र गम्भिर दुर्घट्नामा परी उपचार रकम जुटाउन नसक्ने विरामीे पहिचान गरी आर्थिक सहयोगको व्यवस्था गर्ने ।
(२) विरामी वा निजको नाममा सम्बन्धित अन्यबाट आर्थिक सहयोगको लागि निवेदन प्राप्त भएमा उक्त निवेदन उपर छानबिन गरी सिफारिस गर्न छनौट समिति गठन गर्ने ।
(३) कोषको हिसाब किताव दुरुस्त राख्ने ।
(४) कोषको बार्षिक आम्दानी र खर्च विवरण समाजको कार्यसमितिमा पेश गरी अनुमोदन गराउने ।
(५) कोषलाई उद्देश्यमूलक बनाई कल्याणकारी र प्रभावकारी रुपमा विकास गर्न पहल गर्ने ।
(६) समय समयमा समाज र अक्षयकोष दाताहरुसंग परामर्श गर्ने ।
(७) छनौट समितिबाट प्राप्त सिफारिशउपर छलफल गरी उपलब्ध गराउने आर्थिक सहयोग रकम सहित निर्णयका लागि केन्द्रीय समितिमा प्रतिवेदन पठाउने ।
(८) निर्देशिकामा संशोधन गर्नुपर्ने भएमा मस्यौदा तयार गरी केन्द्रीय समितिमा पेश गर्ने ।  
 
१०. सञ्चालक समितिको बैठक र निर्णय:
(१) सञ्चालक समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ, निजको अनुपस्थितिमा समितिको प्रथम सदस्य (महासचिव) को अध्यक्षतामा वैठक बस्नेछ (२) अध्यक्षको निर्देशन अनुसार समितिको सदस्य सचिवले मिति, स्थान र समय तोकी बैठक बोलाउने छ ।
(३) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(४) समितिको कुल सदस्य संख्या मध्ये ५१ प्रतिशत संख्यालाई गणपुरक संख्या मानिनेछ ।
(५) बैठकमा बहुमतको राय मान्य हुनेछ । मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन पाउनेछ ।
(६) अध्यक्षवाट वैठकको निर्णय प्रमाणित हुनेछ ।
(७) समितिको छुµै बैठक पुस्तिका हुनेछ, उक्त बैठक पुस्तिका सदस्य सचिवले राख्नेछ ।
 
 
११. छनौट समितिको गठन:
१) आर्थिक सहयोगका लागि प्राप्त निवेदन उपर छानबिन गरी सञ्चालक समितिमा सिफारिस गर्न देहाय बमोजिम एक छनौट समिति गठन गरिनेछ ।
क) संयोजक – सञ्चालक समितिका प्रथम सदस्य (पदेन)
ख) सदस्य –१ जना, केन्द्रीय सल्लाहकारमध्येबाट,
ग) सदस्य –१ जना, बिशिष्ट सदस्यमध्येबाट,
घ) सदस्य १ जना, आजीवन सदस्यमध्येबाट,
ङ) सदस्य –२ जना, अक्षयकोषदातामध्येबाट,
(च) सदस्य सचिव –१ जना, केन्द्रीय सदस्यमध्येबाट, 
(२) छनौट समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्ने छ ।
 
१२. छनौट समितिको काम, कर्तव्य र अधिकार:
१) स्वास्थ्योपचारका लागि सहयोग पाउँ भनी पेश हुन आएको निवेदन उपर छानविनको क्रममा थप कागजातहरु आवश्यक परेमा विरामी वा निजका आफन्तसँग माग गर्न सक्नेछ ।
२) कोषमा रहेको रकम र विरामीको प्रकृति अध्ययन गरी कोषबाट दिन सकिने आर्थिक सहयोगको लागि संचालक समितिमा सिफारिस गर्ने ।
३) कोषलाई उद्देश्यमूलक बनाई थप कल्याणकारी र प्रभावकारी रुपमा विकास गर्न संचालक समितिलाई सहयोग गर्ने ।
४) जिमी (राई) समूदायमा सद्भाव कायम राख्ने कार्यमा सहयोगी भूमिका निर्वाह गर्ने ।
 
परिच्छेद–५
 
कोषको व्यवस्था र आयश्रोत
 
१३ . कोषको व्यवस्था :
(१) कोषको नाममा छुट्टै मुद्दती खाता खोली कोष सञ्चालन गरिनेछ ।
(२) उपनियम (१) बमोजिमको कोषमा नियम १४ बमोजिम प्राप्त भएको रकम जम्मा गरिनेछ ।
(३) उपनियम (१) बमोजिम मुद्दती खातामा जम्मा भएको रकम मूलधनको रुपमा रहनेछ । त्यसरी जम्मा भएको रकमको व्याज बाहेक साँवा रकम कुनै पनि किसिमले क्षय गर्न पाइने छैन । 
(४) नियम १४ बमोजिम कोषमा जम्मा भएको मूलधनवाट प्राप्त व्याजको रकमवाट मात्र नियम ६ को उपनियम (२) बमोजिमको कार्यमा खर्च गर्न सकिने छ ।
(५) जिमीभन्दा अन्य समुदायका ब्यक्ति वा संस्था पनि अक्षयकोषदाता हुन सक्नेछन् । 
 
१४. कोषको आयश्रोत ः कोषको आयश्रोत देहाय बमोजिम अक्षयकोष दाताहरुवाट प्राप्त रकम हुनेछ :
(१) अक्षयकोषदाताहरुबाट प्राप्त रकम ।
(२) समाजबाट जम्मा गरिने रकम ।
(३) ब्याजबाट नियमित रुपमा थप हुने रकम ।
() सञ्चालक समितिबाट बढी बढाएको रकम ।
(५) विविध ।
 
 
परिच्छेद–६
 
विविध
 
१५.अक्षयकोषदाता सम्बन्धी व्यवस्थाः
१) यो निर्देशिका बमोजिम कोषमा सहयोग गर्ने अक्षयकोषदाताहरुको बिवरण अनुसूचि २ मा राखिने छ । 
 
१६. निवेदन सम्बन्धि व्यवस्था :
१) नियम २ को खण्ड (ञ) मा व्यवस्था भए बमोजिमका विरामी वा निजका आफन्तले आर्थिक सहयोगका लागि समाजमा निवेदन दिन सक्नेछन ।
२) उपनियम (१) बमोजिम निवेदन पेश गर्दा त्यस्तो विरामी वा निजका आफन्तले स्पष्ट आफ्नो नाम, थर, ठेगाना उल्लेख गरी नागरीकताको प्रतिलिपि र उपचार गराउंदै आएको अस्पतालको चिकित्सकको प्रेस्कृप्सन समेत सम्लग्न गरी पेश गर्नु पर्नेछ ।
३) त्यसरी आर्थिक सहयोगका लागि निवेदन पेश गर्दा सम्बन्धित बिरामी समाजको सदस्य वा अक्षयकोषदाता हो÷हाईन सो समेत खुलाई पेश गर्नुपर्ने छ १७. निर्देशिकामा संशोधन : यस निर्देशिकामा आवश्यक नियमहरु समयसापेक्ष थपघट वा संशोधन गर्ने अधिकार समाजको केन्द्रीय कार्यसमितिलाई हुनेछ । सो कार्य कोष सञ्चालक समितिको सुझाव तथा सिफारिशका आधारमा गरिने छ ।
१८. खारेजी र बचाउ :
१) यो निर्देशिका बमोजिम कार्य गर्दा बाधा अडकाउ परेमा सो फुकाउने अधिकार समाजको केन्द्रीय कार्यसमितिलाई हुनेछ ।
२) समाजको विधान, २०५५ को परिच्छेद–८ को दफा २५ बमोजिम संस्था विघटन वा खारेज भई यो कोष समेत सञ्चालन हुन नसकेमा सो कोषको जायजेथा रकम स्वतःनेपाल सरकारको हुनेछ ।
 
अनुसूचि–१
छाप : समाजको केन्द्रिय समितिको छाप नै सञ्चालक समितिको छाप हुनेछ ।
अनुसूचि–२
अक्षयकोषदाताहरुको बिबरण
 
   

जिमी (राई) संजीवनी स्वास्थ्य उपचार कोष 

       

क्र.सं.

अक्षयकोषदाता

स्थायी ठेगाना

हालको ठेगाना

अक्षयकोषको शिर्षक

शुरुको मूलधन रु.मा

थप मूलधन रु.मा

हालको जम्मा मूलधन रकम रु.मा

1 श्री गाणेश कुमार राई जुबु ८, सोलुखुम्बु काठमाण्डौं

जिमी (राई) संजीवनी स्वास्थ्य

उपचार कोष 

     50,000.00                     50,000.00
2 श्री राधादेवी राई सल्यान १, सोलुखुम्बु बालुवाटार ४, काठमाण्डौ      50,000.00                     50,000.00
3 ई. श्री कुञ्जनी राई सल्यान १, सोलुखुम्बु सिद्धिपुर ४, ललितपुर      50,000.00                     50,000.00
4 श्री शान्ती राई का.म.पा. ९, गोल्फुटार गोल्फुटार, काठमाण्डौ     100,000.00                    100,000.00
5 श्री शेरबहादुर राई नेचाबतासे ९, सोलुखुम्बु वेल्जियम      52,000.00                     52,000.00
6 श्री धनहर्क राई नेचाबतासे ,, सोलुखुम्बु बेलायत      50,000.00                     50,000.00
7 सुश्री पुष्पा राई नेचाबतासे ,, सोलुखुम्बु बेलायत      25,000.00   25,000.00                   50,000.00
8 श्री सुन्दर राई नेचाबतासे ,, सोलुखुम्बु बेलायत      25,000.00                     25,000.00
9 श्री निरराज राई सल्यान ७, सोलुखुम्बु दक्षिण कोरिया     100,000.00                    100,000.00
10 श्री दीलकुमारी राई काँकु १, सोलुखुम्बु हङ्गकङ्ग      50,000.00                     50,000.00
11 श्री ध्रुव राई तिङेला १, सोलुखुम्बु काठमाण्डौं      52,407.00                     52,407.00
12 श्री कृष्ण राई पञ्चन १, सोलुखुम्बु बेलायत     100,000.00                    100,000.00
13 जिमी (राई) उत्थान समाज सोलु के.स.   100,000.00     201000.00                  301,000.00
14 श्री इन्द्र चाली राई महाराजगञ्ज, काठमाण्डौ महाराजगञ्ज, काठमाण्डौ      51000.00                        51000.00
15 श्री राम रतन खालिङ राई काँकु - ५, ओदु, सोलुखुम्बु नयाँबजार, काठमाण्डौमा       25000.00                          25000.00
16 श्री शकुन्तला राई कागेल ५, राईगाउँ, सोलुखुम्बु आंखोइ प्रोभिन्स, सोफेइ सिटि चाइन        25525.00   25525.00
17
श्री युव राई
 
तिङला १, बोक्साटोल, सोलुखुम्बु  बेलायत, वेल्स         25000.00   25000.00
18 श्री योग्यवत्ती राई तिङला १, बोक्साटोल, सोलुखुम्बु  बेलायत, वेल्स 25000.00   25000.00
19
दिनेश थुलुङ राई 
 
मुक्लि ६, सोलुखुम्बु हङ्गकङ्ग 25,552.00   25,552.00
20
सनराज (शन्त) थुलुङ राई 
 
सल्यान ९, सोलुखुम्बु हङ्गकङ्ग 25,552.00   25,552.00
21
राजु थुलुङ राई 
 
मुक्लि ६, सोलुखुम्बु हङ्गकङ्ग 25,552.00   25,552.00
22
डिल्लीराम थुलुङ राई, 
 
मुक्लि ६, सोलुखुम्बु हङ्गकङ्ग 25,552.00   25,552.00
23 हङ्गकङ्ग निवासी १५ जना सोलुखुम्बु हङ्गकङ्ग 77,777.00   77,777.00
24 पविधन खालिङ टाक्सिन्दु - १, फुलेली, सोलुखुम्बु अमेरिका 25,000.00   25,000.00
25 श्री प्रेम कुमारी राई नेचाबतासे ,, सोलुखुम्बु बेलायत 51,000.00   51,000.00
26 दिपेन्द्र राई (दिपु) तिङ्ला ६, सोलुखुम्बु अमेरिका 25,525.00   25,525.00
27 बडा विर राई धरान, सुनसरी, बेलायत          111,000.00   111,000.00
               

 

 

 

 

 

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player