हाम्रो गतिविधि
रु.२,००,०००।०० राशीको Pro-Lapse अक्षयकोषको स्थापना

मिति २०७३।११।२१ गते, काठमाडौं, जिमी (राई) उत्थान समाज, सोलु मातहत सञ्लान हुने गरी स्थायी ठेगाना सोलुखुम्बु जिल्ला, तिङ्गला गा.वि.स. वडा नं. १, बोक्साटोल भई हाल बेलायतको वेल्समा बसोबास गर्नुहुने यस समाजका विशिष्ट सदस्य तथा अन्तराष्ट्रिय शाखाका निबर्तमान अध्यक्ष श्री देबबहादुर राई र श्रीमती हर्कमाया राईले आफ्ना स्वगीर्य माता –पिता श्री बम बहादुर राई र श्रीमती नरमाया राई तथा श्री दलभञ्जन राई र श्रीमती टीकिमाया राईको स्मृतिमा रु.२,००,०००।– (अक्षेरुपी दुई लाख) मात्र मूलधन राशीको अक्षयकोष स्थापना गरी यस समाजलाई हस्तान्तरण गर्नु भएका छन् । उक्त अक्षयकोष अन्य अक्षयकोषहरु झै अक्षयकोषदाताको आग्रह बमोजिम अक्षयकोषको रकम भरपर्दो बैंक/बित्तीय संस्थाहरुमा जम्मा गरी उक्त रकमको वार्षिक ब्याजबाट महिलाहरुको आङ खस्ने रोग (Pro-lapse) का विरामीका लागि र सो नभएमा स्त्रीरोग सम्बन्धी उपचारार्थ समाजको निर्देशिकाको अधिनमा रही सहयोग उपलब्ध गराउईने छ । यसरी समाज मातहत अक्षयकोष स्थापना गरी अमूल्य सहयोग गर्नु हुने अक्षयकोषदाताहरु तथा उहाँका स–परिवार प्रति समाज कृतज्ञता ब्यक्त गर्दै केन्द्रीय समिति हार्दिक स धन्यवाद ज्ञापन गर्दछौं । साथै अक्षयकोष दाताहरु र उहाँका स परिवार प्रति उज्वल भविश्यको कामना गर्दछौं । 
 
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौं ।
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player