जिमी (राई) उत्थान समाज, क्षेत्रीय समितिद्धारा दुई छुट्टाछुट्टै शिर्षकहरुमा दुई वटा अक्षयकोषको स्थापना गर्ने भएको छ । केन्द्रीय कार्यसमिति काठ्माण्डौ, क्षेत्रीय समिति धरान, स्थानीय समिति सोलु र भर्खरै मात्र गठन भएको ईलाका समिति बसाहा, उदयपुर सहित चारै तहका समितिको सुनसरीको धरानमा मिति २०६९ फागुन २७ र २८ गते आयोजित दुई दिने आन्तरीक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम मा निम्न बमोजिम अक्षयकोष स्थापना हुने जानकारी क्षेत्रीय सह–कोषाध्यक्ष श्री गम बहादुर राई द्धारा गर्नुभएको छ ।
१) क्षेत्रीय समितिका अध्यक्ष श्री पून्य बहादुर राई ज्यू मार्फत रु.५०,००० (अक्षेरुपी पचास हजार) रकम को अक्षयकोष, उद्देश्य स्वस्थ्य अर्थात मेडिकल अन्तरगत स्थापना गर्नु भएको छ ।
२) क्षेत्रीय समितिका उपाध्यक्ष श्री सुर्याधन राई ज्यू मार्फत रु.५०,००५ (अक्षेरुपी पचास हजार पाँच) रकम को अक्षयकोष, उद्देश्य संस्थालाई भैपरि आउने समस्या समाधान अन्तरगत स्थापना गर्नु भएको छ ।
हालै स्थापना भएका अक्षयकोषदाता तथा सम्पूर्ण यस समाजका अक्षयकोषदाताहरु प्रति यो समाज अक्षयकोषदाताहरुको उच्च कदर गर्दै हार्दिक अभार प्रकट गर्दछौ ।
जिमी (राई) उत्थान समाज
– केन्द्रीय समिति–काठमाण्डौ,
– क्षेत्रीय समति– धरान, सुनसरी,
– जिल्ला समिति–सोलुखुम्बु,
– ईकाई समिति– बसाहा, उदयपुर,