हाम्रो गतिविधि
दुई दिने आन्तरीक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

मिति २०६९ साल चैत्र १ गते,  जिमी (राई) उत्थान समाजको केन्द्रीय कार्यसमिति काठ्माण्डौ, क्षेत्रीय समिति धरान, स्थानीय समिति सोलु र भर्खरै मात्र गठन भएको ईलाका समिति बसाहा, उदयपुर सहित चारै तहका समितिको सुनसरीको धरानमा मिति २०६९ फागुन २७ र २८ गते आयोजित दुई दिने आन्तरीक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पहिलो दिन, कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव श्री तेज बहादुर राईद्धारा गरिएको थियो । क्षेत्रीय अध्यक्ष श्री पून्य बहादुर राईको सभापति, केन्द्रीय अध्यक्ष श्री यस बहादुर राईको प्रमुख अथिति, समाजका बिशिष्ट सदस्य तथा भू.पु. माननीय श्री भुपाल किराँती ज्यको बिशेष अतिथि तथा केन्द्रीय महासचिव श्री केसर राई, केन्द्रीय सचिव श्री भोजानन्द राई र केन्द्रीय बरिष्ट सदस्य श्री बिक्रम बाबु राईको अतिथि आसन ग्रहण सँगै पहिलो सत्रको कार्यक्रम शुरु भएको थियो । क्षेत्रीय सदस्य श्री कुश राज राई द्धारा स्वगत मन्तब्य, ईलाका अध्यक्ष, जिल्ला अध्यक्ष र क्षेत्रीय अध्यक्ष ज्यूहरुबाट शुभ–कामना मन्तब्यको कार्याक्रम भएको थियो । त्यसैगरी केन्द्रीय सदस्य श्री बिक्रम बाबु राई द्धारा संस्थाको संगठन सम्बन्धमा, केन्द्रीय सचिव श्री भोजानन्द राईद्धारा संस्थाको विधान सम्बन्धमा र समग्र विषयका बारेमा केन्द्रीय महासचिव श्री केसर राईद्धारा प्रस्तुत गरिएको थियो । बिषेश अतिथि, प्रमुख अतिति को प्रस्तुती सँग सभापति ज्युद्धारा पहिलो दिनको पहिलो सत्र कार्यक्रमको समापन भएको थियो । 
करिब २० मिनेटको ब्रेक टाइम पश्चात पहिलो दिनको दोश्रो सत्रमा केन्द्रीय सदस्य श्री अबि राईको कार्यक्रम सञ्चालन रहेको थियो । केन्दीय अध्यक्षज्यूको सभापति सँगै क्षेत्रीय अध्यक्ष, जिल्ला अध्यक्ष र ईलाका अध्यक्षहरुको आसन ग्रहणको कार्याक्रम रहेको थियो । यस सत्रमा प्रतिवेदनको कार्यक्रम रहेको हुदा इलाका, जिल्ला, क्षेत्रीय देखि लिएर केन्द्रीय समितिको आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन, (सांगठनिक प्रतिवेदन सचिवहरुद्धारा गरिएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्षहरुद्धारा) प्रस्तुत गरिएको थियो । कार्यक्रमको समापन सभपति ज्युद्धारा गरिएको थियो ।
 
दोस्रो दिनको पुरै कार्यक्रम सञ्चालकमा केन्द्रीय सदस्य श्री जसिहाङ्ग राई हुनुहुन्थ्योे । केन्द्रीय अध्यक्ष ज्युको सभापति आसन ग्रहण सँगै दोस्रो दिनको कार्यक्रम शु–आरम्भ भएको थियो । ईलाका समितिको संशोधित प्रस्तावित विधान सम्बन्धमा ईलाका सचिव श्री ऋषिधन राई ज्यूको बिचार र छलफल सँगै मन्तब्यको कार्याक्रम शुरुभएको थियो । आ–आफ्नो मन्तब्य अर्थात बिचार प्रस्तुत् गर्ने सम्बन्धमा ईलाका सदस्य देखि अध्यक्ष सम्म, जिल्ला सदस्य देखि अध्यक्ष सम्म, क्षेत्रीय सदस्य देखि अध्यक्ष सम्म र केन्द्रीय सदस्य देखि कोषाध्यक्ष सम्मद्धारा प्रस्तुत गरिएको थियो । मन्तब्यको क्रममा र अन्तरक्रियामा उठेको विषय, सवाल र जिज्ञाशहरुको सम्बोदन तथा जवाफको निम्ति विधान सम्बन्धमा केन्द्रीय सचिव श्री भोजानन्द राई, संगठनका सम्बन्धमा केन्द्रीय सदस्य श्री बिक्रम बाबु राई र समग्र विषयका सम्बन्धमा केन्द्रीय महासचिव श्री केसर राईद्धारा प्रस्तुत गरिएको थियो भने कार्याक्रमको दोश्रो दिनको कार्यक्रम समापन केन्द्रीय अध्यक्ष श्री यस बहादुर राई, सभापतिद्धारा अन्य छुटपुट सहितको सम्बोदन तथा समय अभावका कारण नौ ब“ुंदे धरान घोषणा पत्र–२०६९ को लागि अर्को दिन अर्थात त्यसको भोलि पल्ट मिति २०६९ साल फाल्गुन २९ गते सारिएको जानकारी सहित उक्त दिन अर्थात जिमी (राई) उत्थान समाजको केन्द्रीय कार्यसमिति काठ्माण्डौ, क्षेत्रीय समिति धरान, स्थानीय समिति सोलु र भर्खरै मात्र गठन भएको ईलाका समिति बसाहा, उदयपुर सहित चारै तहका समितिको सुनसरीको धरानमा आयोजित दुई दिने आन्तरीक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो । 
 
 
 
जिमी (राई) उत्थान समाज,
केन्द्रीय समिति,
काठमाण्डौं ।
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player