धनुकाँड प्रतियोगिता सहित २०७० सालको बनभोज कार्यक्रम सम्पन्न
यही मिति २०७० साल बैशाख १४ गते, जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समिति द्धारा आयोजित नयाँ बर्ष २०७० को शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । उक्त बनभोज कार्यक्रममा भू.पु. एस्पी. छत्रमान राई, माननीय भुपाल किराती, नेपाली काग्रेंस सोलु काठमाण्डौका सभापति आङ गेलु शेर्पा, पूर्व सभासद गोकर्ण राई, नेपाली काङग्रेस सोलु काठमाण्डौ सम्पर्क समितिका सभापति श्रीलाल थापा, किरात खालिङ्ग राई उत्थान संघका अध्यक्ष रामरतन खालिङ्ग राई, शेर्पा युथ क्लवका अध्यक्ष टुक्ति शेर्पा तथा सोलुखुम्बुका विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु देखि लिएर बिभिन्न बुद्धिजिबी, राजनितिक, ब्यावसायीक, कर्मचारी, युवा बिद्यार्थीहरु, जिमी तथा गैर जिमीहरुको करिब ५५० जनाको उपस्थिति रहेको थियो ।
यसै कार्यक्रममा किरातीहरुको लोपउन्मुख अवस्थामा रहेको धनुकाँडलाई निरन्तरता र जीवन्तता दिनको निम्ति धनुकाँड प्रतियोगिता आयोजना गरिएको थियो । उक्त बनभोजको रौनक नै धनुकाँड प्रतियोगा भएको थियो । युवा बिद्यार्थी, राजनितिज्ञा, ब्यवसायीक, कर्मचारी, बृद्ध, महिला सबै, धेरैजनाले उक्त प्रतियोगितमा भाग लिएका थिए । अझ धेरै भन्दा धेरै धनुकाँड प्रतियोगिताको निम्ति सहभागिहरुको नामावली तथा अनुरोध आउदा आउदै पनि निर्धारित समय समाप्त भएको हुदा धनुकाँड प्रतियोगिता समापन गरिएको थियो । उक्त प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो ।
धनुकाँड प्रतियोगित पश्चात बिङ्गो खेलको कार्यक्रम भएको थियो । यस खेलमा पनि बिजेताहरुलाई पुरस्कार बितरण गरियो र कार्यक्रमको अन्तमा खाना कुपनबाट समेत लक्की ड्र मार्फत बिजेताको चयन गरी बिजेताहरुलाई समाजका अध्यक्ष श्री यस बहादुर राईद्धारा पुरस्कार बितरण गरिएको थियो ।













अरु तस्वीरको लागि यस समाजको वेव साइडको तस्वीरमा Click गरी हेर्नु होला वा यस लिंकलाई Click गर्नुहोला http://jimeesamaj.org.np/gallery