हाम्रो गतिविधि
जिमी (राई) संजीवनी स्वास्थ्य उपचार कोषको लागि बेलायतको बेल्सबाट अक्षयकोष प्राप्त

मिति २०७३।११।२१ गते, काठमाडौं, जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिको बिशेष अगुवाईमा स्थापना भइरहेको जिमी (राई) संजीवनी स्वास्थ्य उपचार कोषको लागि स्थायी ठेगाना सोलुखुम्बु जिल्ला, तिङ्गला गा.वि.स. वडा नं. १, बोक्साटोल भई हाल बेलायतको बेल्समा बसोबास गर्नुहुने यस समाजका अक्षयकोषदाता तथा अन्तराष्ट्रिय शाखाका निबर्तमान अध्यक्ष श्री देबबहादुर राई र श्रीमती हर्कमाया राईका सुपुत्री  युव राई र योग्यवती राई क्रमशः रु.२५,०००।– र रु.२५,०००।– रुपैयाँ गरी जम्मा रु.५०,०००।– मूलधनको राशी उहाँहरुको आमा बुबा मार्फत यस समाजलाई प्राप्त भएको छ । यस अभियानको निम्ति अमूल्य सहयोग गर्नु हुने अक्षयकोषदाताद्धय अनि उहाँका स–परिवारहरु प्रति समाज एवं जिमी (राई) उत्थान समाज, केन्द्रीय कार्यसमित उच्च मूल्याकंन गर्दै हार्दिक आभार प्रकट गर्दछौ । साथै अक्षयकोष दाताहरु र उहाँका स परिवार प्रति उज्वल भविश्यको कामना गर्दछौं ।
 
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौ ।
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player