सुचना
पत्रकार सम्मेलन बारे अत्यन्त जरुरी सूचना

किरात राई कुलमा वि.स. १९७९ साल असोज दशमीका दिन लालीखर्क, पाँचथरमा धर्मदास राई तथा दिलमाया राईको कोखबाट जन्मनुभई ३० वर्षको उमेरबाट अध्ययन कार्य पा्ररम्भ गरी वनारस संस्कृत विश्वविद्यालयबाट वेदान्ताचार्य प्रथम श्रेणी तथा राष्ट्रिय संस्कृत संस्थान दिल्लीबाट पि.एच.डि. उपाधि हाँसिल गर्नुभएका संघर्षशिल विद्वान डा.स्वामी प्रपन्नाचार्य  (काले राई) लाई जिमी (राई) उत्थान समाज, सोलु लगायतका किरात जन्य संघसंस्थाको तर्फबाट २०७० भाद्र २९ गते गरिने अभिनन्दन कार्यक्रमबारे विस्तृत रुपमा जानकारी गराउन तपशिल मिति, स्थान र समयमा पत्रकार सम्मेलनको आयोजना गरिएको र पत्रकारमित्रहरुलाई निमन्त्रणा पठाईसकिएकोमा कुनै कारणवश पत्र वा निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधारमानी सहभागी भईदिनहुन सम्पूर्ण पत्रकारबन्धुहरुमा हार्दिक अनुरोध छ ।
तपशिल
मिति     : २०७० भाद्र २७ गते विहिबार
स्थान    : सिद्धार्थ फुडल्याण्ड, पुरानो बानेश्वर
समय    : दिउसो १ बजे



जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठण्माडौ

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player