किरात राई कुलमा वि.स. १९७९ साल असोज दशमीका दिन लालीखर्क, पाँचथरमा धर्मदास राई तथा दिलमाया राईको कोखबाट जन्मनुभई ३० वर्षको उमेरबाट अध्ययन कार्य पा्ररम्भ गरी वनारस संस्कृत विश्वविद्यालयबाट वेदान्ताचार्य प्रथम श्रेणी तथा राष्ट्रिय संस्कृत संस्थान दिल्लीबाट विद्या वारिधि (पि.एच.डि.) उपाधि हाँसिल गर्नुभएका संघर्षशिल विद्वान डा.स्वामी प्रपन्नाचार्य (काले राई) ज्यूलाई जिमी (राई) उत्थान समाज, सोलु लगायतका किरात जन्य संघसंस्थाको तर्फबाट २०७० भाद्र २९ गते वर्तमान मन्त्रीपरिषद्का अध्यक्ष सम्माननीय खिलराज रेग्मीको प्रमुख अतिथ्य एवं राष्ट्रका विभिन्न विशिष्ट व्यत्तित्वहरुको गरिमामय उपस्थितिमा संस्थागत अभिनन्दन गर्ने कार्यक्रम रहेकोले सहभागी भई आशिर्वाद ग्रहण गर्नहुन सम्पूर्ण किरात एंव गैरकिरात महानुभावहरुमा हार्दिक अनुरोध छ ।
तपशिल
मिति : २०७० भाद्र २९ गते शनिबार
स्थान : स्वामी निवास, मृगस्थली, काठमाण्डौ
समय : दिउसो १२ बजे
मुल आयोजक
- जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठण्माडौ
सह–आयोजक
- किरात खालिङ राई उत्थान संघ
- नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ
- थुलङ (राई) सामा नेपाल
- वाहिङ किरात मुलुखिम
- थुलुङ राई संस्कृति प्रतिष्ठान