मिति २०७० साल जेष्ठ ४ गते शनबिार सिद्धार्थ फुडल्याण्ड, बानेश्वर, काठमाण्डौंमा जिमी (राई) उत्थान समाज सोलु केन्द्रीय समितिको आयोजनामा प्रथम ब्यावसायिक भेलाको कार्यक्रम सम्पन्न भएको छ । समाजले सदैव आफ्ना सदस्यहरुलाई सक्षम, सम्पन्न र प्रतिष्ठीत रहेको देख्न चाहन्छ । भोको पेट र दरिद्र समाजले कही कतै पनि योगदान पुर्याउन सक्दैन भन्ने कुरालाई हयृदयङ्गम गरेर आफ्नो स्थापना कालदेखि नै यस संस्थाले बिभिन्न ब्यवसायमा प्रत्यक्ष–अप््रत्यक्ष रुपमा चासो राख्दै आइरहेको छ । आज आएर एउटा गहन ब्यवसायीक बहसको महुसुस गरेकोले यो ब्यवसायीक भेला नामक कार्यक्रमको (निश्चित तर बिभिन्न पेशामा सम्लग्न ब्यवसायीहरुको समुहिक भेला) आयोजना गरिएको हो ।
बिभिन्न ब्यवसायीकहरु बीच ब्यवसायीक अनुभव आदान प्रदान गर्ने, बजारिकरणमा सहजता ल्याउने, अनुभवको आधारमा सुरक्षीत लगानीका उपायहरु तथा उत्तम ब्यवस्थापनका बारेमा अनुभव सुन्ने र सुनाउने, युवा पुस्तहरुलाई बढी ब्यवसया तर्फ उन्मुख गराउने, सफल उद्यमी कसरी बन्न सकिन्छ, सामुहिक बहस गर्ने आदि उद्देश्यहरु सहित ३५ जना ब्यवसायीहरुको उपस्थिति रहेको थियो । बैकिङ्ग, सहकारि, उद्योग, निर्माण, कृषि, पर्यटन, मिडिया, शिक्षा र सेवा सुविधा आदि ब्यपार ब्यवसायमा सम्लग्न ब्यवसायीहरुले आ–आफनो अनुभव र भनाईहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा यस समाजको मातहतमा रहने गरि एक ब्यवसायीक कार्यदल (ब्यवसायीक समन्वयन समिति) को गठन पनि गरिएको छ । भेलालाई निरन्तरता, जिमी (राई) उत्थान समाज भित्रको ब्यवसायीक ब्यक्ति, संघसंगठनसँग सस्थागत जान–पहिचान, ब्यवसायीहरुलाई संस्थागत सम्मान, बिबिध ब्यवसायीहरु बीच सरल सहज कसरी गर्न सकिन्छ, अनुगमन गर्ने इत्यदि यस कार्यदलको उद्देश्य रहेको छ ।
कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य बिक्रम बाबु राईले गर्नु भएको थियो । केन्द्रीय अध्यक्ष श्री यस बहादुर राई को सभापति आसन ग्रहणसँगै दीप प्रज्ज्वलद्धारा कार्यक्रमको उद्घाटण गरिएको थियो । उपस्थित सम्पूर्ण ब्यवसायीहरुलाई खादा ओडाई अध्यक्ष तथा महासचिव द्धारा सम्मान गरिएको थियो ।
कार्यक्रम बिहान ८:०० बजे देखि शुरु भएर बेलुकी ४:४५ बजे कार्यक्रम सभापतिद्धारा समापन गरिएको थियो ।
ब्यवसायीक कार्यदल (समन्वयन समिति) का नामावलीहरु यस प्रकार रहेका छन्
१) केसर राई : संयोजक
२) बिक्रम बाबु राई : सदस्य
३) केशव कुमार राई : सदस्य
४) कृष्ण कुमार राई : सदस्य
५) मानवीर राई : सदस्य
६) लइन्द्र कुमार राई : सदस्य
७) सुरज राई : सदस्य
८) तेज बहादुर राई : सदस्य
९) बिष्णु राई : सदस्य