हाम्रो गतिविधि
रु. १,०१,१११।०० मूधनको श्री पदमबहादुर राई तथा श्री श्रीमती राई मेडिकल ट्रष्टको स्थापना

जिमी (राई) उत्थान समाज, सोलुलाई पुनः एक स्वस्थ्य अन्तरगत अक्षयकोष प्राप्त भएको छ । यस संस्थ मातहत सञ्चालन हुने गरी स्थायी ठेगाना सोलुखुम्बु जिल्ला, सल्यान गा.वि.स. वडा नं. १ भई हाल बेलायतमा रहनु हुने यस समाजका विशिष्ट सदस्यद्धय श्री चक्र बहादुर राई र अमेरिकामा रहनु हुने श्री बल बहादुर राई (दाजु–भाई)ले आफ्ना माता पिता को नाममा “श्री पदमबहादुर राई तथा श्री श्रीमती राई मेडिकल ट्रष्ट” रु.१,०१,११।०० (अक्षेरुपी एक लाख एक हजार एक सय एघार रुपैयाँ) मूलधन राशीको अक्षयकोष स्थापना गरी यस समाजलाई हस्तान्तरण गर्नु भएका छन् । उपरोक्त अक्षयकोष पनि अन्य अक्षयकोषहरु झै अक्षयकोषदाताको आग्रह बमोजिम अक्षयकोषको रकम भरपर्दो बैंक/बित्तिय संस्थाहरुमा जम्मा गरी उक्त रकमको वार्षिक ब्याजबाट स्वस्थ्य अन्तरगत समाजको निर्देशिकाको अधिनमा रही सहयोग उपलब्ध गराईने छ । अक्षयकोष स्थापना गरी अमूल्य सहयोग गर्नु हुने अक्षयकोषदाताहरु तथा उहाँका स–परिवार प्रति समाज उच्च मूल्यङ्कन र कृतज्ञता ब्यक्त गर्दै केन्द्रीय समिति हार्दिक स धन्यवाद ज्ञापन गर्दछौं । 
 
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौ ।

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player