हाम्रो गतिविधि
जिमी (राई) संजीवनी स्वास्थ्य उपचार कोषको लागि हङ्गकङ्गबाट अक्षयकोष प्राप्त

मिति २०७४।०१।१५ गते, काठमाडौं, जिमी (राई) उत्थान समाज, सोलुद्धारा स्थापना भइरहेको जिमी (राई) संजीवनी स्वास्थ्य उपचार कोषको लागि बिशेष यस समाजका बिशिष्ट सदस्य हङ्गकङ्ग निवासी श्री डिल्ली राम राई को विशेष पहल कदमी र सक्रियतामा हाल हङ्गकङ्गमा बसोबास गर्दै आउनु भएका तपशील बमोजिमका महानुभावहरुबाट जिमी (राई) संजीवनी स्वास्य उपचार कोषको लागि रु.१,०२,२०८।०० रकम समाजलाई प्राप्त भएको छ । नयाँ वर्षको शुभकामना आदनप्रदान एवं भेटघाट सहितको बिभिन्न संस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम माँझ यस समाजका बर्तमान केन्द्रीय सचिव श्री भोजानन्द राई मार्फत उक्त मूलधन जानकारी गराउँदै रकम सहितको विवरणहरु उपलब्ध गराउनु  भएको छ । सो रकम उपलब्ध गराउनु हुने समाजका विशिष्ट सदस्य श्री डिल्ली राम राई लगायतका सम्पूर्ण अक्षयकोषदाताहरुप्रति समाज एवं जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय कार्य समिति उच्च मूल्याकंन गर्दै हार्दिक आभार प्रकट गर्दछौ । 
अक्षयकोषदाताहरु:
1) अक्षयकोषदाताः   दिनेश थुलुङ राई 
 

स्थायी ठेगाना  मुक्लि ६, सोलुखुम्बु

हालको ठेगाना : हङ्गकङ्ग
स्थापना : २०७३।०७
शुरुको मूलधन :रु.25,552.00 
 
2) अक्षयकोषदाताः  सनराज (शन्त) थुलुङ राई 
 

स्थायी ठेगाना  सल्यान ९,, सोलुखुम्बु

हालको ठेगाना : हङ्गकङ्ग
स्थापना : २०७३।०७
शुरुको मूलधन :रु.25,552.00 
 
3) अक्षयकोषदाताः   राजु थुलुङ राई
 

स्थायी ठेगाना  मुक्लि ६, सोलुखुम्बु

हालको ठेगाना : हङ्गकङ्ग
स्थापना : २०७३।०७
शुरुको मूलधन :रु.25,552.00 
4) अक्षयकोषदाताः   डिल्लीराम थुलुङ राई
 

स्थायी ठेगाना  मुक्लि ६, सोलुखुम्बु

हालको ठेगाना : हङ्गकङ्ग
स्थापना : २०७३।०७
शुरुको मूलधन :रु.25,552.00 
 
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौ ।
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player