"जातिय अस्तित्व उच्च स्वभिमान, किरात संस्कृति हाम्रो पहिचान", मूल नाराका साथ किरात राईहरुको उभौली पर्व (भुमेपूजा) को अवसरमा आयोजित चियापान, शुभकामना आदन प्रदान तथा धनुवाण (Arcery) प्रतियोगिता तथा भुमेनाच कार्यक्रम २०७१, मिति २०७१।०१।३१, सोलु, सल्लेरी–५, जिमी (राई) उत्थान समाज, सोलुमा स्थानीय समितिको आयोजनमा सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष श्री यस बहादुर राई तथा क्षेत्रीय अध्यक्ष श्री पून्यबहादुर राईको सम्युक्त उट्घाटन लगतै शुरुभएको आर्चरी प्रतियोगितामा पुरुष १२ जना र महिला ७ जना गरी जम्मा १९ जना प्रतियोगीहरुले उक्त खेलमा प्रतिस्पर्धा गरेका थिएँ । समयको पाउबन्दीलाई मध्यनजर गर्दै केही राउण्डलाई छोट्याई खेललाई समापन गरिएको थियो । सम्पूर्ण ब्यवस्थापन जिमी (राई) उत्थान समाज, सोलुको पहलमा गठित पारुहाङ्ग अर्चरी ल्कबले गरेको थियो । जसमा पारुहाङ्ग ल्कब अध्यक्ष द्धोय श्री पञ्च बहादुर राईको संयोजकत्व तथा बिशेष सहयोग रहेको प्रतियोगितामा मुख्य रेफ्री श्री अजय खालिङ र प्रतियोगिहरुको अंक रेकर्ड (प्राप्त अंकहरु टिपोट गर्ने) र्हकमान राई र गोपाल बाहिङ्ग रहनु भएको थियो भने दिवस कुलुङ्गले उक्त कार्याक्रम सञ्चालन गर्नुभएको थियो । पुरुष तथा महिला बिजेताहरु तपशील बमोजिम रहेका छनः
महिला तर्फका बिजेताहरुः
१) पहिलो पुरुस्कार : कबिता राई, वाकू–५, सोलुखुम्बु
२) दोश्रो पुरुस्कार : बिमला राई, वाकु–५, सोलुखुम्बु
३) तेश्रो पुरुस्कार : सीता कला राई, बासा–५, सोलुखुम्बु
४) सान्त्वना पुरुस्कार : जीवन कुमारी राई, बासा–५, सोलुखुम्बु
पुरुष तर्फका बिजेताहरुः
१) पहिलो पुरुस्कार : सरोज राई, सल्लेरी–७, सोलुखुम्बु
२) दोश्रो पुरुस्कार : मिङमार शेर्पा, पावै–२, सोलुखुम्बु
३) तेश्रो पुरुस्कार : प्रदिप राई, बासा–७, सोलुखुम्बु,
४) सान्त्वना पुरुस्कार : बल कुमार राई, वाकु–५,
उपरोक्त विजेताहरु क्रमशः रु.१५००, रु.१०००, रु.५०० र रु.३०० को दरले प्रमाणपत्र र नगदद्धारा केन्द्रीय अध्यक्ष, क्षेत्रीय अध्यक्ष र स्थानीय अध्यक्षले सामुहिक रुपमा सम्मान प्रदान गर्नु भएको थियो । बुल प्राइजको लागि रु.१०००।– क्षेत्रीय समिति द्धारा उपलब्ध भएको थियो भने अन्य पुरुस्कार र प्रमाणपत्र भने केन्द्रीय समितिद्धारा उपलब्ध भएको थियो ।
अर्चरी प्रतियोगिता पश्चात तुरुन्तै भुमेनाच पूजा शुरु गरिएको थियो । सबै भाषिक भूमेस्थानहरुमा भुमे पूजाका साथ केही सिलीहरु समेत प्रस्तुत गरिएको थियो । कार्याक्रमको अन्ततिर स्थानीय अध्यक्षको अध्यक्षतामा कार्याक्रमलाई औपचारीक दिदै केन्द्रीय अध्यक्ष प्रमुख अतिथि, क्षेत्रीय अध्यक्ष बिशेष अतिथि एवं अन्य अतिथिहरुको आसन ग्रहण सगै सबै अतिथिहरुद्धारा उभौली पर्वको शुभकामना सहित आ–आफ्नो मन्तब्य एवं भनाईहरु प्रस्तुत गर्ने भएको थियो । कार्यक्रमको सिलसिलामा साँस्कृतिक कार्यक्रम अन्तरगत नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम मध्यन्तर समयमा स्थायी पाचथर निवासी, हाल सोलु, सल्लेरी–५ स्थित सगरमाथा मर्चेण्ट एण्ड फाइनन्स लि.का शाखा प्रबन्धक श्री ज्ञान दिप राईद्धारा सौजन्य स्वरुप एक थान ढोल स्थानीय समितिलाई हस्तान्तरण कार्यक्रम भएको थियो । उक्त सौजन्य ढोल स्थानीय अध्यक्षलाई श्री ज्ञान दिप राई ज्युले हस्तान्तरण गर्नु भएको थियो । उक्त दिनको औपचारीक कार्यक्रम सोलु एफ.एम., हिमाल एफ.एम. र सोलु समचार द्धारा प्रतक्ष्य प्रसारण समेत गरिएको थियो । औपचारीक कार्यक्रम स्थानीय सचिव श्री शिव कुमार राईले गर्नु भएको थियो । औपचारिक कार्यक्रमको समापन पछि पनि पुन भुमे नाच, सिलीहरु गर्दै बेलुकी करिब ७:०० बजे तिर कार्याक्रम बिर्षर्जन भएको थियो ।