२०७१।०१।३०, फप्लु, सोलुखुम्बु, जिमी (राई) उत्थान समाज, सोलुद्धारा सोलुखुम्बूको सदरमुकाम सल्लेरीमा ड्रिम प्रोजेक्ट (जिमी संग्रहालय) निर्माणको कार्यलाई पूर्णता दिनको लागि यस सस्थाका केन्द्रीय, क्षेत्रीय र स्थानीय समितिहरुको सम्युक्त बैठक, मिति २०७१ साल बैशाख ३० गते सोलुखुम्बु, फाप्लुको साङग्रीला होटलको सभाहलमा सम्पन्न भएको छ । स्थानीय समितिको आयोजना रहेको उक्त कार्यक्रमको पहिलो सत्रमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम रहेको थियो । कार्यक्रममा सोलुखुम्बुका बिशिष्ट ब्यक्तिहरु, बुद्धिजिबिहरु, बिभिन्न राजनीतिक पार्टी प्रतिनिधिहरु, कलाकार, पत्रकार, संगीतकार, कर्मचारीहरु, कानुन विद, लेखक, कवि, शिक्षक, बिद्यर्थी युवा, युवती एवं यस समाजका शुभेच्छ, शुभचिन्तकहरु उपस्थित रहेको थियो । यस कार्यक्रमको क्षेत्रीय अध्यक्ष श्री बुद्धि किरण राईले सभापतीत्व गर्नुभएको थियो भने केन्द्रीय अध्यक्ष प्रमुख अतिथि, क्षेत्रीय अध्यक्ष बिशेष अतिथिको आसन ग्रहण गर्नु भएको थियो । परिचायत्मक कार्यक्रम लगतै स्थानीय सदस्य श्री तिब्बत राईको शुभकामना मन्तब्य सगै शुभकामना आदान प्रदानको कार्यक्रम शुरुभएको थियो । समय पाउबन्दीलाई मध्यनजर गर्दै केही प्रतिनिधिहरु लगायत अतिथि ज्यूहरुबाट छोटो आफ्नो भनाई मन्तब्य राख्दै कार्यक्रमको सभापतिद्धारा करिब ३ घण्टा समयअवधि मा पहिलो सत्रको कार्यक्रम समापन सगै चियापानको कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको दोश्रो सत्रमा, केन्द्रीय, क्षेत्रीय र स्थानीय समितिको संयुक्त बैठकको कार्यक्रम रहेको थियो । केन्द्रीय अध्यक्ष श्री यस बहादुर राईको अध्यक्षतामा समितिको संयुक्त बैठक अन्तरगत सबै पदाधिकारीहरुले आ–अफ्नो भनाई तथा मन्तब्यहरु प्रस्तुत् गर्नु भएको थियो । नौ बुदे धरान घोषण पत्र २०६९ को सम्बन्धमा स्थानीय अध्यक्ष श्री बुद्धि किरण राई, क्षेत्रीय अध्यक्ष श्री पून्य बहादुर राई एवं केन्द्रीय महासचिव श्री बिक्रम बाबु राईले आ–आफ्नो समितिका तर्फबाट बिभिन्न बिचार, बिमर्शहरु औल्याउँदै सस्थागत प्रतिबेदनहरु प्रस्तुत गर्नु भएको थियो । संयुक्त बैठकको महत्वपूर्णको बिषय रहेका ड्रिम प्रोजेक्ट (जिमी संग्रहालय) सम्बन्धमा झनै महत्वपूर्णका साथ उपस्थित सबै समितिका पदाधिकारीहरुले पालैपालो आफ्नो बिचार–बिमर्शहरु प्रस्तुत गरिएको थियो । उक्त प्रोजेक्टको निम्ति जति सक्दो छिटो बिभिन्न प्रारम्भिक योजनाहरु तर्जुमा ल्याइ कार्यन्वयनको लागि सबै समितिहरु तडारुक्ताका साथ लागि पर्ने र लाग्नको लागि हर हमेश तयार रहेको कुरा सबै समितिका सबै पदाधिकारीहरुले बचन प्रतिबद्धताका साथ हस्तलिखित तयार रहेको र हाम्रा पूर्खाहरुको मान, सम्मान, हाम्रो संस्कृति, संस्कार, भेष भुषा, भाषा, धर्म, र पहिचानको संरक्षण, सम्बद्र्धन, जगेर्नको निम्ति अनि हाम्रा भावी सन्ततीहरुको लागि अस्तित्व कायम राख्न र ईतीहास काल खण्ड, पूर्खाहरुको चिनो र पहिचान सदैव अमर अटल रहन दिनको लागि जुन सुकै परिस्थितिहरुको सामान गर्नलाई तयार रहेको कुरा पनि सबै पदाधिकारीहरुले आफ्नो भनाई राख्ने क्रममा प्रस्तुत गरेका थिएँ । कार्याक्रमको अन्तमा कार्यक्रम सभाध्यक्ष एवं यस सस्थाका केन्द्रीय अध्यक्ष श्री यस बहादुर राईले सबै बक्ताहरुको भनाईलाई सम्बोदान गर्दै यो एक ऐतिहासिक पाईला हो । जुन सिंगो नेपालको अस्तित्व सगँ गासिएको छ, । सम्पूर्ण किरातहरु, जिमी (राई)हरु माझ गाजिएको छ, साथै पिता पूर्खाहरुको मान सम्मान अनि भावी सन्ततीहरुको निम्ति हामी सबैले काधमा काध, हस्टेमा, होस्टे गर्दै एक थुकी सुकी, सय थुकी नदी भने झै तपाई हामी सम्पुर्ण दाजु भाई, दिदी बहिनी, आमा बुबाहरुको साथ, सहयोग, सल्लाह, सुझाबको अनुरोध गर्दै एक साथ कदम चल्नको लागि कुनै पनि कन्जुस्याई नगरी एकताको मालामा गासिनको लागि हार्दिक अनुरोधका साथ आफनो भनाईहरु राख्दै कार्यक्रम बेलुकी करिब १०ः३० बजे समापन गर्नु भएको थियो ।