जिमी (राई) उत्थान समाजले, आफ्नो सबै समितिहरुमा विविध कार्यक्रमका साथ वार्षिक उत्सव तथा वाषिक साधारण सभा मनाउँने योजना अनुरुप स्थानीय समिति सोलुखुम्बुद्धारा १५ औं वार्षिक उत्सव तथा बार्षिक साधारण सभा मिति २०७० असोज ६ गते, समाजको आफ्नै भवन, सल्लेरीमा सम्पन्न हुदैछ । वार्षिक उत्सव कार्यक्रमको अवसरमा आर्चरी (धुनकार्ड) प्रशिक्षण कार्यक्रमको उत्घाटनका साथै किरात सभाहलको शिलान्याश कार्यक्रम रहेको छ । उक्त प्रशिक्षण कार्याक्रम करिव एक हप्तको हुनेछ र प्रशिक्षण कार्य पूर्व ए.आई. जी. श्री रामकाजी बान्तावा लगायत उहाका टीम द्धारा गराइने छ । केन्द्रीय अध्यक्ष, महासचिव, आरचरी खेलका संयोजक तथा केन्द्रीय सदस्य जे.बि. माइला राई, क्षेत्रीय समितिका अध्यक्ष, उपाध्यक्ष, पूर्व ए.आई.जि. रामकाजी वान्तावा लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थितिबीच सम्पन्न हुने वार्षिक उत्सव कार्यक्रममा किरात जिमी राई समुदायका पुर्व माननीयहरुसंगको छलफल कार्यक्रम, साँस्कृतिक र पुरस्कार एवं छात्रवृति वितरणको कार्यक्रम समेत रहेको जानकारी गराउदै सम्पुर्ण सदस्य एवं शुभेच्छुक महानुभावहरुलाई कार्यक्रममा सहभागी भईदिनहुन हार्दिक अनुरोध गर्दछौ ।
श्री बुद्धिकिरण राई
अध्यक्ष
जिमी (राई) उत्थान समाज,
स्थानीय समिति, सोलुखुम्बु
सोलु, सल्लेरी
विस्तृत, थप जानकारीको लागि फोन नं.
- ९७५३००७११६,९८५२८५१११६ (श्री बुद्धि किरण राई )
- ९८४२८९७६५६, ९७४२०९२८९५ (शिव कुमार राई । शिव सर)
- ९७४३०१३०२५० (शोभा थुलुङ्ग राई )