जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिको मिति २०७०।०६।२२ गते बसेको बैठक छलफल तथा निर्णय बमोजिम यस समाज मातहतका सबै शाखाहरु स्थानीय, क्षेत्रीय, इलाका, अन्तराष्ट्रिय समितिका पदाधिकारीहरु, यस समाजका अक्षयकोषदाताहरु, बिशिष्ट सदस्यहरु, आजीवन सदस्यहरु, साधारण सदस्यहरु लगायत समाजका बुद्धिजीवि, शुभचिन्तक, शुभेच्छुक, सम्पुर्ण आमा–बुबा, दाजु–भाई, दिदी–बहिनी एवं संघ–सस्थांहरुमा यही २०७० को दशै, तिहार, छड, ईद, लोसार, क्रिसमस...आदि सबै चाड पर्वहरुको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । यस अवसरले यहाँहरु सम्पूर्णको उत्तर उत्तर प्रगति होस, अझ फलोस फुलोस, सधै फुली रहोस, अजम्बरीसरी !!!!!!!
जिमी (राई) उत्थान समाज, सोलुद्धारा, स्थापनाकाल देखि नै शुभदीपावलीको शुभअवसरमा गरिने देउसी भैलो कार्याक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि देउसी भैलो कार्यक्रमको तय गरिएको छ । उक्त कार्याक्रम १ दिने कार्याक्रम भाई टीकाको दिन साझ देखि (देउसी भैलो कार्याक्रम २०७०) हुने भएको जानकारी पनि यहाँहरु समक्ष हार्दिक अनुरोध गर्दछौ ।
जिमी (राई) उत्थान समाज,
केन्द्रीय कार्यासमिति
काठमाण्डौ ।