नयाँ वर्षको आगमन सगै नयाँ थप अक्षयकोष प्राप्त
मिति २०७३ साल बैशाख १ गते, जिमी (राई)उत्थान समाज,सोलु केन्द्रीय समितिको आयोजना रहेको शुभकामना आदान प्रदान तथा सहभोज कार्यक्रमको अवसरमा जिमी (राई) सन्जीवनी स्वस्थ्य उपचार कोषको लागि थप नयाँ अक्षयकोष प्राप्त भएको छ । सोलुखुम्बु जिल्ला, पञ्चन गा.बि.स. वडा नं. १ स्थायी घर भई हाल बेलायतमा बसोवास गर्नुहुने तथा समाजका बेलायत शाखाका बर्तमान कोषाध्यक्ष कृष्ण कुमार राई र सोलुखुम्बु जिल्ला तिङला गा.बि.स. वडा नं.१ स्थायी घर भई हाल काठमाण्डौ स्थित सोलुखुम्बुबासीहरुले नै बिगत १३ बर्ष देखि सञ्चालित निजी आवासिया स्कूलमा कार्यरत शिक्षक ध्रुव राई नयाँ थप अक्षयकोषदाता हुनुहुन्छ । उहाँहरुले क्रमश रु.१००,०००।०० (एक लाख), रु.५५,५५५।०० (पचपन्न हजार पाँच सय पचपन्न) प्रदान गर्नु भएको छ ।
सोलुखुम्बुका किराती समुदाय भित्रका जटिल किसिमको रोगहरु जस्तै क्यान्सर, किड्नी र मुटु सम्बन्धीको समस्याबाट पिडित महानुभावहरुलाई उपाचारमा सहयोग गरी नयाँ जीवन दिलाउने प्रयास स्वरुप करिब पाँच बर्ष भित्र रु.१०,०००,०००।– (अक्षेरुपी एक करोड रुपैयाँ) मूलधनको जिमी (राई) सन्जीवनी स्वस्थ्य उपचार कोषको स्थापना गर्न लागेकोमा सोहि अभियानलाई सफल पार्न उपरोक्त अक्षयकोषदाताहरुले समाजलाई अमूल्य सहयोग प्रदान गर्नु भएकोमा उहाँहरु अनी उहाँहरुका स–परिवारहरु प्रति समाज उच्च मूल्याकंन गर्दै हार्दिक आभार प्रकट गर्दछ ।
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौ ।