हाम्रो गतिविधि
सोलुबासी जिमीहरुको नयाँ बर्ष २०७३ को पहिलो दिन

नयाँ बर्ष २०७३ सालको अवसरमा जिमी (राई) उत्थान समाज, सोलु, केन्द्रीय समितिको आयोजनामा, मिति २०७३ साल बैशाख १ गते, काठमाण्डौको सुकेधारामा शुभकामना आदान प्रदान तथा सहभोज कार्यक्रम २०७३ सम्पन्न भयो । बिभिन्न पेशा तथा ब्यवसायमा देश विदेशमा छरिएर रहेका सोलुबासीहरुको करिब ५०० जना भन्द बढीको बाक्लो उपस्थिति भएको थियो । जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समिति अध्यक्ष यस बहादुर राईको सभापतित्वमा शुरु भएको औपचारिक कार्यक्रममा बिभिन्न दलका प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । सोलुखुम्बुको काङ्गेलबाट प्रसारण हुने सामुदायिक रेडियो चोमोलुङ्गमा ९५.२ मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । नेकपा एमाले सोलुका अध्यक्ष मानबिर राई, नेपाली कांग्रेस सोलुका सभापति आंगेलु शेर्पा, पुर्ब माननिय भूपाल किराती, पुर्ब मन्त्रि गोपाल किराती, पुर्ब सभासद एवं अक्षयकोषदाता गोकर्ण राईले शुभकामना मन्तब्य सँगै आ–आफ्नो बिचारहरु राख्नु भएको थियो । 

कार्यक्रममा मालपोत कार्यालयका लागि हालै सरुवा भएर आउँनु भएका प्रमुख दिनेश कुमार राई र हालै शाखा अधिकृत पदमा नियुक्त हुनुभएका योगेश राई बधाई शुभकामना सहित सम्मान गरिएको थियो । उहाँहरु जिमी समुदायबाट थोरै सहभागि हुनेछ नेपाल सरकारको पदमा प्रतिस्पर्धा गरेर पुग्न सफल हुनुभएको हो । 

यसै कार्यक्रममा समाद्धारा स्थापना गरिएको जिमी (राई) सन्जीवनी स्वस्थ्य उपचार कोषको लागि थप नयाँ अक्षयकोषदाता सोलुखुम्बु जिल्ला, पञ्चन गा.बि.स. वडा नं. १ स्थायी घर भई हाल बेलायतमा बसोवास गर्नुहुने तथा समाजका बेलायत शाखाका बर्तमान कोषाध्यक्ष कृष्ण कुमार राई र सोलुखुम्बु जिल्ला तिङला गा.बि.स. वडा नं.१ स्थायी घर भई हाल काठमाण्डौ स्थित सोलुखुम्बुबासीहरुले नै बिगत १३ बर्ष देखि सञ्चालित निजी आवासिया स्कूलमा कार्यरत शिक्षक ध्रुव राई, सोलुखुम्बु, जिल्ला, टाक्सिन्दु गा.वि.स. वडा नं. १ स्थायी घर भई हाल अमेरिकामा बस्नु हुने वरिष्ठ संगितकार पबिधन खालिङ राईलाई सम्मान गरियो । उहाँहरुले क्रमश रु.१००,०००।०० (एक लाख), रु.५५,५५५।०० (पचपन्न हजार पाँच सय पचपन्न) प्रदान गर्नु भएको छ । 

सोहि अवसरमा समाजको यू.के. शाखाको लागि सस्थाको झण्डा समाजका अध्यक्ष यस बहादुर राईले बर्तमान कोषाध्यक्षलाई प्रदान गर्दै संस्थाको विस्तारको लागि शुभकामना दिनु भयो । बिङ्गो, जोडि ईटा दौड, बाल बालिकाका लागि चम्चा दौडखेलहरुको प्रतियोगिता पनि आयोजना गरियो । विहान १०ः०० बजे बाट खाजा र बेलुकी ३ः०० बजे खानाको ब्यवस्था गरिएको थियो । कार्यक्रममा नाच गान , भेटघाट सँग सँगै शुभकामना आदान प्रदान गरेर रमाईलो गर्ने साँझ करिब ७ः०० बजे सम्म जारी थियो । सहभागिहरुको ठूलो भेटघाटले आजको कार्यक्रम पूर्ण रुपमा सफल भएको भन्दै सम्पूर्ण सहभागिहरु प्रति समाजका अध्यक्ष यस बहादुर राईले हार्दिक अभार प्रकट गर्नु हुनदै सबैलाई धन्यवाद र नव वर्ष २०७३ को शुभकामना दिनुभयो ।

जिमी (राई) उत्थान समाज, सोलु

केन्द्रीय समिति, काठमाणडौं

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player