भाषिक कविता बाचन कार्यक्रमको लागि आर्थिक सहयोग प्राप्त
जिमी (राई) उत्थान समाज, सोलुले समग्र समुदायको अस्तित्व कायम राख्नका लागि कविताको माध्यमबाट भाषा, संस्कृति, भेषभूषा, थातथलोको विषयमा उजागर गर्ने उद्देश्यले कविता बाचन कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।
समाजको हरेक वर्षझै यस वर्ष पनि भाषिक कविता बाचन कार्यक्रमलाई भव्यतापूर्वक रुपमा सम्पन्न गर्नका लागि स्थायी ठेगाना टाक्सिन्दु गा.वि.स. वडा नं. १, फुलेली, सोलुखुम्बु जिल्ला भई हाल यू.एस.ए. (अमेरिका) मा रहनु हुने मनकाधनी, समाजसेवी, संगीतकार एवं गीतकार श्री पविधन खालिङ ज्युले रु.२५,०००।०० (अक्षेरुपी पच्चीस हजार रुपैयाँ) रकम यस जिमी (राई) उत्थान समाज, सोलुलाई उपलब्ध गराउनु भएको छ । उक्त रकम गायक श्री पुर्ण खालिङ मार्फत प्राप्त भएको छ । उहाँको एवं उहाँका स परिवारहरुको संस्था, समाज तथा हर क्षेत्र प्रतिको अमूल्य सहयोग, सदभाव प्रति समाज उच्च मूल्याकंन गर्दै हार्दिक आभार प्रकट गर्दछ ।
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौ ।
