जिमी (राई) उत्थास समाज, सोलु केन्द्रीय समिति काठमाण्डौद्धारा नवनियुक्त न्यायाधिश तेज बहादुर राईलाई सम्मान
जिमी (राई) उत्थास समाज, सोलु केन्द्रीय समिति काठमाण्डौद्धारा पुनरावेदन अदालतका नवनियुक्त न्यायाधिश तेज बहादुर राईलाई सम्मान गरिएको छ । पुनरावेदन अदालको न्यायाधिश जस्तो गरिमामय पदमा नियुक्ति भई समग्र किराती जिमी समुदायको शिर उच्च राख्न सफल हुनुभएकोले २०७० असार १ गते शनिबार पुरानो बानेश्वर स्थित सिद्धार्थ फुडल्याण्डमा एक विशेष समारोहको आयोजना गरी सम्मानपत्र र पगरी (फेटा) गुथाई सम्मान गरिएको हो । जिमी (राई) उत्थान समाजको केन्द्रीय अध्यक्ष श्री यस बहादुर राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्व माननीय भुपाल किरातीको गरिमामय उपस्थिति रहेको थियो भने अतिथिको रुपमा, किरात कुलुङ भाषा, संस्कृति उत्थान संघका केन्द्रीय कोषाध्यक्ष भलाकाजी कुलुङ, थुलुङ सामा नेपालका केन्द्रीय महासचिव शुम्बु खम्बु, किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष राम रतन खालिङ राई, सोलुखुम्बु–काठमाण्डौ पत्रकार समाजका अध्यक्ष प्रकाश खालिङ, लाली गुराँस युवा क्लब, काठमाण्डौका अध्यक्ष भलकाजी राई, किराती समुदायका अगुवा माओ राई किरात, कवि एंव युवा व्यवसायी रिन्जी राई लगायतको उपस्थिति रहेको थियो । यस सम्मान कार्यक्रममा केन्द्रीय सदस्य भद्रगोल किरातीले सम्मानित व्यक्तित्व तेज बहादुर राईको समग्र जीवनमाथि संक्षेपमा प्रकाश पार्नुभएको थियो । जिमी (राई) उत्थान समाज, सोलुका केन्दीय समितिका सदस्य, सल्लाहकार, अक्षयकोष दाता, बुद्धिजिवी, साहित्यकार, पत्रकार र शुभेच्छुक महानुभावहरु गरी करिब ४५ जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सचिव भोजानन्द राईले आफ्नो हृदयका शब्दहरुद्धारा प्रमुख अतिथि, अतिथि लगायत सम्पुर्ण महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।
शुभकामना मन्तव्य दिदै कार्यक्रमका अतिथि एंव किरात जातिय÷भाषिक संघसंस्थाका प्रतिनिधीहरुले न्यायिक क्षेत्रको यो महत्वपुर्र्ण जिम्मेवारी पाउनुभएकोमा खुशि व्यक्त गर्दै अब किरात जिमी समुदायको पनि न्याय सेवामा पहँुच बृद्धि हुने विश्वास व्यक्त गर्दै सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।
सम्मान कार्यक्रममा नवनियुक्त न्यायाधिश तेज बहादुर राईले आफ्नो विगतमा गरेका संघर्षका पाटोलाई कोट्ट्याउदै मान्छे जुनसुकै क्षेत्रमा पनि सफल हुन निरन्तर संघर्ष, धै¥यता, लगनशिलता र ईमान्दारिता हुनुपर्ने बताउनुभयो । किरात जिमी समुदायको न्याय क्षेत्रमा उपस्थिति र पहँुच धेरै कोष टाढा रहेको बेला वि.स. २०४६ सालबाट कुलुङ कानूनी सेवा केन्द्र मार्फत यस क्षेत्रमा प्रवेश गर्नुभएका राईले बीचमा धेरै प्रकारका तितामिठा अनुभवहरु संगालेको बताउनुभयो । आफ्नो अनुभव साट्दै राईले किरात जिमी समुदायको यो मुलुकमा न्याय क्षेत्रमा अत्यन्तै कम पहँुच रहेको तितो यथार्थ औल्याउदै न्यायक्षेत्रमा पहँुच स्थापित गर्नको लागि युवापुस्ता यस क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । पुख्र्याैली घर सोलुखुम्बु जिल्लाको गुदेल भई भोजपुरको छिनामखुमा २०२१ साल वैशाख ११ गते जन्मनु भएका राईलाई २०७० जेष्ठ २७ गते न्याय परिषद्को सिफारिसमा नेपाल सरकारले पुनरावेदन अदालतको न्यायाधिशमा नियुक्ति गरेको हो ।
कार्यक्रमको अन्त्यमा सम्मान समारोहलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि एंव पुर्व माननीय भूपाल किरातीले न्यायक्षेत्रमा किराती समुदाय र सिङ्गो आदिवासी जनजातिहरुको पहुँच अत्यन्तै न्यून रहेको बेला तेज बहादुर राईले न्यायाक्षेत्रको यो महत्वपुर्ण जिम्मेवारी पाउनुले यहिबाट किरात जिमी एंव उत्पिडित समुदायको न्यायसेवामा पहुँचको ढोका खुलेको बताउनुभयो । नेपालको न्यायसेवा लिने प्रकृया अत्यन्त जटिल र लामो रहेको साथै भ्रष्टचार, ढिलासुस्ति लगायत थुप्रै विकृति विद्यामान रहेकोले त्यस प्रकारको विसंगतिहरुलाई चिर्दै राईले उदारणीय न्यायसम्पादनको सुरुवात र उत्पिडित वर्ग, समुदायको पक्षमा न्याय सम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । समुदायको मुक्ति र विकासको लागि राज्यको सबै क्षेत्र, अगं र निकायहरुमा सहभागी अनिवार्य रहेको बताउदै तेज बहादुर राईको न्यायक्षेत्रमा भएको यो उपस्थिति किरात जिमी राई लगायत पिछडिएको, उत्पिडित समुदायको लागि महत्वपुर्ण रहेको बताउनुभयो ।
संस्थाका महासचिव केशर राईले संचालन गर्नुभएको सम्मान कार्यक्रम जिमी (राई) उत्थान समाज, सोलुका केन्द्रीय अध्यक्ष एंव सो समारोहका सभापति यस बहादुर राईले किराती राई समुदायको तर्फबाट यो महत्वपुर्ण जिम्मेवारी पाउनुभएकोमा यो अत्यन्तै खुशी र गौरवको विषय रहेको बताउदै सफल कार्यकालको लागि शुभकामना व्यक्त सो कार्यक्रमको समापन गर्नुभयो ।
प्रस्तुति ः अबि राई
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौं,
.jpg)




