२०७० असार ८ गते राजधानीको पुरानो बानेश्वर स्थित सिद्धार्थ फुडल्याण्डमा केन्द्रीय अध्यक्ष ज्युको अध्यक्षतामा जिमी (राई) उत्थान समाज, केन्द्रीय समितिका पदाधिकारी, सल्लाहाकार, सदस्य र स्थानीय समितिका अध्यक्ष बुद्धिकिरण खालिङ राई समेतको उपस्थितिमा सम्पन्न विशेष बैठकले निम्न अनुसारको निर्णय गरेको छ ।
१) अत्यन्तै सान्दर्भिक र आवश्यक रहेको सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा किरात संग्रहलय निर्माण गर्न निम्न बमोजिमको अधिकार सम्पन्न निमार्ण समिति गठन गरियो ।
संयोजकः केन्द्रीय अध्यक्ष यस बहादुर राई
देश बिदेशमा रहेका सबै समितिहरुको अध्यक्षहरु पदेन सदस्य (बृहत छलफल पछि आवश्यकता अनुसार अन्य सदस्यहरु थपघट गर्न सकिने)
२) जि.उ.स.को नीति तथा कार्यक्रम अन्तरगत रहेको यो योजनालाई म्चभबm एचयवभअत को रुपमा केन्द्रीय अध्यक्ष यस बहादुर राईले प्रस्ताव गर्नु भए पछि, गत २०६९ फाल्गुण २७ र २८ गते पुर्बी नेपालको सुन्दर नगरी धरानमा सम्पन्न केन्द्रीय, क्षेत्रीय, स्थानीय र ईलाका कार्यसमितिको संयुक्त विशेष भेला तथा आन्तरिक प्रशिक्षण कार्यक्रमपछि जारि गरिएको धरान घोषणापत्र–२०६९ मा पहिलो पटक बृहत संग्राहलयको परिकल्पनाले मुर्तरुप लिने तर्फ औपचारीक निर्णय गरी धरान घोषणापत्र भित्र पहिलो नम्बरमा यसको उल्लेख गरिएको छ । त्यसलाई कार्यरुप दिनको लागि निर्माण समितिले कुलुङ, खालिङ, थुलुङ, नाछिरिङ, बाहिङ लगायतका संस्थासँग परामर्श गरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट सहयोग जुटाएर यो ऐतिहाँसिक महत्वको परियोजनालाई ३ देखि ५ वर्षसम्मको अवधिमा सम्पन्न गर्ने निर्णय गरिएको छ ।
३) २०७० असार ८ गतेको विशेष बैठकले २०६९ को एस.एल.सी. परीक्षमा देश भरबाट जम्मा ४१.५७ प्रतिशत र हाम्रो जिल्ला सोलुखुम्बुमा झन अत्यन्तै कम प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण हुनु अत्यन्तै दुःखद रहेको र राष्ट्रको अरबौं रुपैयाँको लगानी खेर गएकोले यसबारे सम्बन्धित सबै सरोकारवालासंग छलफल गर्न आवश्यक र सान्दर्भिक हुने निष्कर्ष सहित स्थानीय समिति सोलुखुम्बुसंग समन्वय गरी निराशाजनक एस.एल.सी. परिणामको बारेमा सदरमुकाम सल्लेरीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरियो ।