जिमी (राई) उत्थान समाज सोलु केन्द्रीय समितिले सोलुखुम्बुका पाँच भाषिक संस्थाहरु सहितको एक "बिशेष भेला २०६९" को ललितपुर, कुपन्डोल स्थित के.एल. रेष्टुरेन्टमा आयोजना गरेको थियो । तीन चरणमा रहेको कार्यक्रमा रिक्त रहेको पदमा नयाँ केन्द्रीय कार्यासमितिहरु (अवि थुलुङ्ग राई, लोखिम, ईश्वरी थुलुङ्ग राई, लोखिम, भद्रगोल किराती, सोताङ्ग र भिम कुलुङ्ग, छेस्केम) को चयन गरिएको थियो । उक्त पदस्थापन पश्चात शपथ ग्रहण समेत भएको थियो । केन्द्रीय सदस्य श्री जसीहाङ्ग राईको संयोजकत्वमा प्रबाह स्मारिका प्रकाशन २०६९, अंक १४ औं को लागि एक समितिको गठन र क्षेत्रीय समितिलाई स्वागत तथा धन्यवाद ज्ञापन सगै पहिलो चरणको कार्यक्रम समाप्त भएको थियो ।
जिमी (राई) उत्थान समाज,सोलु केन्द्रीय समितिका अध्यक्ष तथा विशेष भेला २०६९ का सभापतिको आसन ग्रहण श्री यस बहादुर राई, अक्षयकोषदाता ज्यूहरु, पाँच भाषिक संस्थाका प्रतिनिधि ज्यूह, युवा नेता, भद्रभलामी, समाज सेवी तथा सफल ब्यवसायिक ज्यूहरुको आसन ग्रहन सम्पन्न भएको थियो । आसन ग्रहन सगै सभापती ज्यूबाट
बिशेष भेला २०६९ को पनि रिबन काटी समुदघाटन भएको थियो । कार्यक्रम सञ्चालनको पूरै जिम्मा केन्द्रीय सचिव श्री भोजानन्द राईको रहेको, केन्द्रीय सदस्य श्री जे.बि. माइला राईको स्वगत मन्तब्यबाट दोश्रो चरणको कार्यक्रम शुरु भएको थियो । समाजको संछिप्त परिचय, उद्देश्य तथा अवस्थाको सम्बन्धमा समाजका केन्द्रीय वरिष्ठ सदस्य श्री बिक्रम बाबु राईले आफ्नो मन्तब्य दिनु भएको थियो भने केन्द्रीय कोषाध्यक्ष द्धारा यस समाजको चल–अचल सम्पती तथा केही आर्थिक प्रतिवेदनका झलकहरु प्रस्तुत गरिएको थियो । समाजका केन्द्रीय महासचिव श्री केसर राईद्धारा जिमी (राई) उत्थान समाज, सोलुको संगठनात्मक अवस्था र परस्पारिक सम्बन्धमा उत्धृत गर्दै अन्य संघ–संस्था र भाषिक संस्थाहरु बिचको सम्बन्धमा पनि प्रष्ट पार्दै संस्थाको स्पष्ट धारण राखिएको थियो । त्यसै गरी केन्द्रीय निबर्तमान सचिव तथा सल्लहाकार श्री केशव कुमार राईले पनि बिगत देखि बर्तमान सम्मको अवस्था अनि भावि योजना समेत दर्शाउदै आफ्नो मन्तब्य राख्नु भएको थियो । त्यसै गरी यस समाजको क्षेत्रीय समितिबाट उपस्थित हुनु भएका अध्यक्ष श्री पून्य बहादुर राई, उपाध्यक्ष श्री सूर्य बहादुर राई र सचिव श्री तेज बहादुर राई मध्येबाट अध्यक्ष श्री पून्य बहादुर राईले पनि क्षेत्रीय समितिका बिगत देखि हाल सम्मका अवस्थ तथा भावी योजना समेत प्रष्ट पार्दै महत्वपूर्ण मन्तब्य राख्नु भएको थियो ।
भेलालाई सम्बोदन गर्दै किरात थुलुङ्ग राई सामाका उपाध्यक्ष श्री भलाकाजी थुलुङ्ग राई, किरात बाहिङ्ग राई मुलिखिमका प्रतिनिधि श्री थिर राज बाहिङ्ग राई, किरात नाछिरिङ्गका प्रतिनिधि श्री मनोज कुमार नाछिरिङ्ग, किरात खालिङ राई उत्थान संघका अध्यक्ष श्री रामरतन खालिङ राई, किरात कुलुङ्ग उत्थान समाजका उपाध्यक्ष श्री दिलीप सिं कुलुङ्गले आ–आफनो संस्थाको संछिप्त परिचय सहित संस्थागत स्पष्ट धारण राख्नु भएको थियो ।
बक्ताकै क्रममा विद्यार्थी संघका युवा नेता श्री सूर्य बहादुर कुलुङ्ग, समाज सेवी एवं सफल ब्यवसायी श्री माओ एलुङ्ग थुलुङ्ग राईले समेत आफ्नो धारण राख्नुभएको थियो ।
कार्यक्रमको अन्तमा समाजका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमको सभापति ज्यूबाट बिभिन्न भाषिक संस्थाहरुको अवधारणहरु र जिज्ञाशाहरुको बिश्लेषन तथा सम्बोदन गर्दै कार्यक्रमको बिसर्जन गर्नु भएको थियो ।