जिमी (राई) उत्थान समाज सोलुको १४ औं बार्षिक उत्सब सम्पन्न भएको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि बार्षिक उत्सब मनाएको हो ।
कार्यक्रमको अवसरमा समाजका बिशिष्ट तथा आजीवन सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो भने रक्तदान गर्ने सबैलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो । उक्त अवसरमा समाजद्वारा निर्मित समाजको प्रोफाईल डकुमेन्ट्री (बृत्तचित्र) को समेत प्रदर्शन गरिएको थियो । सोही अवसरमा प्रवाह स्मारीकाको १५ औं अंकको पनि बिमोचन गरिएको थियो ।
कार्यक्रममा एमाले नेता भुपाल किराती, कांग्रेस नेता गोकर्ण राई, सूर्य कुलुङ, रामरतन खालिङ राई लगायतको उपस्थिती रहेको थियो ।