जिमी (राई) उत्थान सामाज, सोलु, केन्द्रीय समितिको मिति २०६९।०२।१३ गते बृहतरुपमा नियमित बैठक सम्पन्न भयो । समाजद्धारा हालसालै बिशेष गरी स्थानीय समितिको पहलमा किरात संग्राहलय भवनको निर्माण कार्य सम्पन्न भई सकेको छ । उक्त भवन सगै किरात राई हरु करिब पाँच भाषीहरुको आ–आफनै रीतिरीवाज अर्थात चालचलन अनुसारको भुमे वा उभौली/उधौली (चण्डीनाच) को अवसरमा गरिने पुजा–थानको पनि निर्माण कार्य सम्पन्न भइसकेको छ । यसका साथै उक्त भवनमा नै स्थानीय समितिको कार्यलयलाई पनि स्थानन्तरण गरिएको छ । उक्त भवनका साथै विविध जगेर्नाहरुको रेखदेखको निमित्त एक सुरक्ष गार्ड (गेट पाले) को पनि आवश्यकतालाई तुरुन्तै स्थापित गरिनु पर्ने कुरा स्थानीय समितिबाट समेतको अनुरोध अनुरुप पनि यस समाजलाई केही आर्थिक भार भएको छ । यसैको बावदुज र समाजको सिमित आर्थिक पक्षलाई सवल र सक्षमको निम्ति देउसी–भैलो, प्रवाह स्मारिका बिक्री, बिज्ञापन तथा शुभकामना, सदस्यता बृद्धि अर्थात थप गराउनुका साथै तमाम जिमी, गैर जिमी एवं शुभेच्छुकहरुद्धा
रा प्राप्त सहयोग बाहेक अन्य केही नभएको हुदा र समाजको बिधान मा उल्लेखित नीति, नियम र निर्देशिका अनुरुप समाजको सदस्यता थप गर्नु गराउनु पर्ने भएको हुदा मिति २०६९।०२।१३ गतेको बिशेष बैंठक निर्णयले केन्द्रीय कार्य समितिहरुले आ–आफ्नो क्षेत्र तथा आफुले जति सक्दो समाजको सदस्यता (बिशिष्ट, आजिवन) थप गराउनु पर्ने, अनुरुप जिमी (राई) उत्थान समाज, सोलु, केन्द्रीय समितिद्धारा थप बिशिष्ट, आजिवन सदस्यको निमित्त संकलित हाल सम्माको आर्थिक (रकम) हरु देहाय बमोजिम रहेको छ ।
१) यस बहादुर राई (अध्यक्ष) मार्फत रु.३२,५००।००
२) केशर राई (माहासचिव) मार्फत रु.२,०००।००
३) बखत ब. राई (कोषाध्यक्ष) मार्फत रु.१०,०००।००
४) बिक्रम बाबु राई (सदस्य) मार्फत रु.६,०००।००
५) जे.बि. माइला राई (सदस्य) मार्फत रु.६,०००।००
६) कुमार राई (सदस्य) मार्फत रु. ४,५००।००
नोटः आभियान जारी रहेकोले मिति २०६९।०३।०२ गतेको केन्द्रीय समितिको बैठकमा संकलित रकमहरु मात्र छोटकरीमा समाबेश गरिएको छ । बिशिष्ट, आजिवन तथा नामावली बिवरण समेत राखेरा पुनः प्रकाशित गरिनेछ साथै थप विवरणहरु पनि समाबेश गराउदै र गरिदै जाने ब्यहोरा समेत जिमी (राई) उत्थान समाज, सोलु, हार्दिक अपिल ब्यक्त गर्दछ ।
जो हालसालै र हालसम्म यस समाजको सदस्यता ग्रहण गरिसक्नु भएका तमाम् सदस्याहरुमा स–धन्यवाद तथा हार्दिक अभार प्रकट गर्दछ ।