‘म धर्ती’ नामक एल्बम बिमोचन
यस जिमी (राई) उत्थान समाज, सोलुले गणतन्त्र नेपालका प्रथम उप–राष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा गीतकार भूपाल किरातीको शब्द रचना र संगीतकार जसिहाङ्ग राईको संगीतबद्ध सन्देशयुक्त गीति संगालो ‘म धर्ती’ नामक (एलबम) को बिमोचनको कार्यक्रम यही मिति २०६९, असोज २७ गते शनिवार, बैंक्वेट क्लब, काठमाण्डौंमा आयोजना गरेको थियो । कार्यक्रममा भूतपूर्व मन्त्री डा. प्रकाश चन्द्र लोहनी, टंक ढकाल, पूर्व सभासद आङदवा शेर्पा, सांस्कृतिकविद डा. गोविन्द टण्डन, बरिष्ठ संगितकार बुलु मुकारुम, गीतकार टिका चाम्लिङ्ग, संगितकार पविधन खालिङ्ग लगायत विभिन्न श्रष्टा र सर्जकहरुको उपस्थिती रहेको थियो ।
जिमी (राई) उत्थान समाज प्रमुख आयोजक र चोमोलुङमा फाउण्डेशन नेपाल सह–आयोजक रहेको उक्त विमोचनको कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य बिक्रम बावु राईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो, भने गीति एल्बमको गीत माथिको टिप्पणी गीतकार टिका चाम्लिङ्गले प्रकाश पार्नु भएको थिया भने, संगीत तर्फको टिप्पणी बरिष्ठ संगीतकार बुलु मुकारुमले प्रकाश पार्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिको रुपमा उपस्थित गोविन्द टण्डन, डा. प्रकाश चन्द्र लोहोनी वाट मन्तव्य व्यक्त भएको थियो भने उक्त ‘म धर्ती’ नामक एल्बमका गीतकार भूपाल राई र संगीतकार जसिहाङ्ग राईवाट एल्बमको पृष्टभूमी माथि प्रकाश पार्नु भएको थियो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उप–राष्ट्रपतीज्यूवाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली भूमी र नेपाली जनमानसमा मात्र नभएर विश्व जगतमा नै चेतना फैलाउने किसिमको शब्द र शैली भएको ‘म धर्ती’ नामक गीति एल्बमको गीतकार, संगीतकार लगायत गायककारका साथै कार्यक्रम आयोजक जिमी (राई) उत्थान समाज, सोलु र सह–आयोजक समेतलाई धन्यवाद व्यक्त गर्नु भएको थियो भने आगामी दिनमा पनि यस किसिमको रचनाहरु भई रहोस भन्ने समेत शुभकामना व्यक्त भएको थियो ।
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाडौं