हाम्रो गतिविधि
जिमी (राई) उत्थान समाज, सोलुको उदयपुर, बसाहा इलाका गठन तथा भेला २०६९

मितिः– २०६९/७/२८
जिमी
(राई) उत्थान समाज, सोलुको उदयपुर, बसाहा इलाका गठन तथा भेला २०६९
    जिमी (राई) उत्थान समाज, क्षेत्रीय समिति सुनसरी, धरानको पहलमा यहि मिति २०६९ असोज १३ गते उदयपुर जिल्लाको बसाहा गा.वि.स.मा समाजको इलाका भेला बसेको थियो । क्षेत्रीय समितिको आमन्त्रणमा सो भेलालाई सम्बोधन गर्न केन्द्रीय समितिको तर्फवाट केन्द्रीय सचिव श्री भोजानन्द राईको नेतृत्वमा दुई सदस्यीय टोली गएको थियो । टोलीमा संस्थाको स्थापना काल देखि हालसम्म संस्थामा रही सदस्यको रुपमा कार्य गर्दै आउनु भएका केन्द्रीय सदस्य श्री बिक्रम बावु राई हुनुहुन्थ्यो, भने क्षेत्रीय समितिवाट क्षेत्रीय अध्यक्ष श्री पूण्य बहादुर राई, क्षेत्रीय उपाध्यक्ष श्री सूर्यधन राई र क्षेत्रीय सचिव श्री तेज बहादुर राईको उक्त भेलामा उपस्थीति थियो ।


    उक्त ऐतिहासिक ईलाका भेला बसाहा गा.वि.स.को वडा नं. २ स्थित स्थानीय जाल्पा जन मा.वि. को प्राङ्गणमा भएको थियो । सोलुखुम्बू नेचाबतासे गा.वि.स. पुख्र्यौली घर भै त्यस क्षेत्रमा बसोबास गर्नु हुने श्री बिष्णु हर्क राईज्यूको संयोजकत्व र केन्द्रीय सचिव श्री भोजानन्द राईको प्रमुख आथित्यमा बसेको उक्त भेलामा स्थानीय बुद्धिजीवि, भद्र महिला, विद्यार्थी, समाजसेवी, व्यवसायी र किरात जिमी राईहरुको पुर्खाहरु गरी करिब एकसय पाचास व्यक्तिहरुकोे उपस्थिती रहेको थियो । भेलाको कार्यक्रममा त्यस क्षेत्रमा रहनु भएका बुद्धिजीवि, समाजसेवी, विद्यार्थी एवं व्यवसायीहरुले आÏनो मनतव्य राख्नु भएको थियो, भने मन्तव्यको क्रममा किरात जिमी राईहरुको भाषा, लिपी, धर्म, कला, संस्कृति र मौलिक परम्परा समेतको जगेर्ना गर्न अत्यन्तै आवश्यक भएको हु“दा बसाहा क्षेत्रमा आधिकारीक रुपमा कार्य गर्ने एउटा संस्थाको आवश्यकता रहेको कुरा व्यक्त भएको र सोही क्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रमा उपस्थित केन्द्रीय सचिव भोजानन्द राईले उक्त भेलालाई सम्बोधन गर्दैैै उक्त इलाका भेला र भेलाले चयन गर्ने इलाका समिति यस क्षेत्रका किरात जिमी राईहरुका लागि कोसेढुङ्गा साबित हुने र यस क्षेत्रमा बसोबास गर्ने सबै भाषिक किरात जिमी राई एक भएर नैतिक, सामाजिक र आर्थिक रुपले संस्थामा लाग्न समेत अनुरोध गर्नु भएको थियो ।


    भेलाले अन्तमा संस्थाको विधान २०५५ मा संशोधन प्रस्ताव पारित गरि ६ महिना भित्र कार्यसमितिको निर्वाचन गर्ने गरी १५ सदस्यीय तदर्थ इलाका समिति, बसाहा, उदयपुरको निम्न बमोजिम चयन गरेको थियोः–
    १. अध्यक्ष            – बिष्णु हर्क राई,    सोलु, नेचाबतासे    हाल बसाहा,२
    २. उपाध्यक्ष्य            – हरी राई, सोलु                    हाल बेल्टार
    ३. सचिव            – ऋषीधन राई,    सोलु, नेचाबतासे            हाल बसाहा, २
    ४. सह–सचिव            – मनकला राई,                    हाल बसाहा, १
    ५. कोषाध्यक्ष            – रिता राई,                    हाल बसाहा, १
    ६. सदस्य            – दत्त कुमारी राई                    हाल बसाहा, ९
    ७. सदस्य            – पेशल कुमार राई,                हाल बसाहा, २
    ८. सदस्य            – रामशरी राई,                    हाल बसाहा, २
    ९. सदस्य            – पृथी बहादुर राई                हाल बसाहा, ४
    १०. सदस्य            – राम बहादुर राई                हाल बसाहा,
    ११. सदस्य            – साङ्गवीर राई,    सोलु, नेचाबतासे            हाल बसाहा,
    १२. सदस्य            – बिमला राई                    हाल बसाहा,
    १३. सदस्य            – हेमराज राई                    हाल बसाहा,
    १४. सदस्य            – टिका थुलुङ्ग,    सोलु, तिङ्गला            हाल बसाहा
    १५. सदस्य            –

जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाडौं


 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player