हाम्रो गतिविधि
स्थानीय समिती सोलुखुम्बुले १४ औं बार्षिक उत्सव मनाएको छ

 

जिमी (राई) उत्थान समाज सोलुको स्थानीय समिती सोलुखुम्बुले एक समारोहबीच आफ्नो १४ औं बार्षिक उत्सव मनाएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आईतवार आयोजित समारोहको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरीएको थियो । 
कार्यक्रममा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा किरात संग्रहालय तथा सोलुबासी किरातीहरुको परम्परागत भुमे (भूमी) पूजाको भवन निर्माणका लागि ५० हजार सहयोग गरेबापत सूर्य बहादुर खालिङ राई, पत्रकारीतातर्फ बुद्धबिर बाहिङ, खेलकुदतर्फ पद्म कुमारी राई, आधुनिक कृषीतर्फ गणेशबहादुर राई, अपाङ्ग छात्रबृत्तितर्फ वाशु कुलुङ राई, साहित्य तथा चित्रकलातर्फ डि.बि. किराती, शैक्षिक यमेगदानतर्फ प्रेम कुमार राई, सकृय भुमिकाका लागि प्रतिमान राई, प्रेम सिंह राई, टेक कुमारी राई, तोन्जे राई, डाक बहादुर राई र दिनेश कुमार राई सम्मानित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथी तथा जिउस सोलुका केन्द्रीय सल्लाहकार केशब राई, सात्यिकार तथा चित्रकार डि.बी. किराती, जनजागृती उच्च मा.वी.का प्राचार्य प्रेम कुमार राई, महेश किराती लगायतले मन्तव्य राखेका थिए भने समारोहमा राजनितिक दलका प्रतिनिधी, बुद्धिजीवी तथा निजामति कर्मचारी र सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player