हाम्रो गतिविधि
किरात संग्रालय सहितको सभाहलको शिलान्यास

असोज ६, सल्लेरी । किरात संग्रालय सहितको बृहत सभाहलको एक कार्यक्रमबीच सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शिलान्यास गरिएको छ । जिमी (राई) उत्थान समाज, सोलुद्धारा निर्माण हुन लागेको सो संग्रालयको समाजको १५औं वार्षिकउत्सवमा स्थानीय समिति सोलुखुम्बुद्धारा आयोजित कार्यक्रमको अवसरमा समाजका केन्द्रीय महासचिव केशर राईको बाहुलीबाट शिलान्यास भएको छ ।  


करिब पाँच करोडको लागतमा निर्माण हुन लागेको उक्त संग्रालय सहितको सभाहल (किरात भवन) निर्माणको लागि शान्ति मन्त्रालयबाट केही रकम समेत विनियोजन भैसकेको छ । बाँकी आवश्यक रकम देश विदेशमा रहुनहुने किरात एवं शुभेच्छुक महानुभावहरु र अन्य सरकारी तथा गैरसरकारी निकायहरुबाट संकलन गरी संग्रालय निर्माण पुरा गर्ने लक्ष्य रहेको छ ।
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player