हाम्रो गतिविधि
स्थानीय समितिको १५ औं वार्षिक साधारण सभा सम्पन्न

जिमी (राई) उत्थान समाजले आफना् सबै समितिहरुमा विविध कार्यक्रमका साथ वार्षिक उत्सव तथा वार्षिक साधारण सभा मनाउने योजन अनुरुप स्थानीय समिति सोलुखुम्बुद्धारा १५ औं वार्षिक उत्सव तथा वार्षिक साधारण सभा मिति २०७० असोज ६ गते समाजको आफ्नै भवन, सल्लेरीमा सम्पन्न भएको छ ।


केन्द्रीय महासचिव केशर राईको प्रमुख आतिथ्यमा, क्षेत्रीय उपाध्यक्ष सूर्यधन राई, केन्द्रीय सदस्य जे.वि.माइला, सस्थापक महासचिव महेश किराती, पूर्व माननीय भुपाल किराती, पूर्व मन्त्री गोपाल किराती, पूव एआइजी रामकाजी बान्तवा लगायत आदि अतिथिहरुका साथ स्थानीय अध्यक्ष बुद्धिकिरण राईको सभापतित्व रहेको कार्यक्रमको सु–अवसरमा किरात संग्रालय सहितको बृहत सभाहलको केन्द्रीय महासचिव केशर राईको बाहुलीबाट  शिलान्यास गरिएको छ ।  


यस समाजको वार्षिक उत्सव कार्यक्रमका साथ विविध साँकृतिक कार्यक्रम, झाँकी र आर्चरी ( धनुषकाण्ड) खेलको समेत उद्घाटन भएको छ ।  आर्चरी ( धनुषकाण्ड) खेलका एक हप्त सम्मा पुर्व ए.आई.जि. रामकाजी बान्तवा राई लगायत उहाँका टीम द्धारा उक्त खेल सम्बन्धी प्रशिक्षण प्रदान गरिने छ ।
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player