हाम्रो गतिविधि
पारुहाङ्ग आरची ल्कब गठन सँगै १ हप्ते आरचरी प्रशीक्षण सम्पन्न,

               जिमी (राई) उत्थान समाज समाज, सोलु, स्थानीय समितिको १५ औं बार्षिक उत्सव को अवसरमा केन्द्रीय सदस्य श्री जे.बी. माइलाको संयोजकत्वमा, क्षेत्रीय समितिका उपाध्यक्ष श्री सूर्य धन राई, पूर्व एआइजी रामकाजी बान्तवा लगायत उहाँका टीमका साथै स्थानीय समितिको पहल र समन्वयनमा सोलुखुम्बुमा पारुहाङ्ग आरचरी ल्कव, सोलुखुम्बु नामकरण गरी ल्कबको गठन र श्री पञ्च बहादुर राईको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ ।  बार्षिक उत्सवको अवसरमा उत्घाटन गरीएको आधुनीक आरचरी खेलको प्रशीक्षण पूर्व एआईजी रामकाजी वान्ताव र उहाँका टीम द्धारा प्रदान गरिएको छ । करिव ३६ जना प्रशीक्षार्थीहरुको सहभागिता रहेको प्रशिक्षण दिनको दुई पटक (विहान र बेलुकी) गरी एक हप्त सम्मा प्रशीक्षण भएको  छ ।


               आर्चरी खेल (धनुवाण हान्ने) प्रशीक्षणको अन्तिम दिन एक भब्य कार्याक्रमका साथ समापन भएको छ । उक्त समापन कार्यक्रमको अवसरमा आधुनीक आरचरी खेलको प्रतियोगिता समेत गरिएको छ । प्रशीक्षार्थीहरु लाई नै समुह–समुह बनाई खेलाइएको प्रतियोगितामा उत्कृष्ट बढि अकं ल्याउन सफल १ महिला (सुनीता राई) र १ पुरुष (हर्कमान राई) लाई पूर्व एआइजी रामकाजी वान्तावाका श्रीमतीको तर्फबाट २/२ सेट तीर (धणुवाण)द्धारा सम्मान गरिएको छ भने यस खेलको मुख्य प्रशिक्षक पूर्व एआइजी रामकाजी वान्तावा द्धारा सम्पूर्ण सोलुबासी, संघ–संस्था र प्रशीक्षार्थीहरुको उत्साह, सहयोग र सदभाव प्रति खुशी ब्याक्त गर्दै ल्कब (पारुहाङ्ग आरचरी ल्कव, सोलुखुम्बु) लाई रु. ५,०००/०० नगद र आधुनीक अरचरी (धणुवाण सेट) ४ थान प्रदान गर्नु भएको छ । जि.उ.स. र ल्कबको तर्फबाट पनि सम्पूर्ण प्रशीक्षक टीमलाई मायाको चिनो सहित सहयोग, सदभाव र अतुलनीय योगदानको उच्च कदरका साथ हार्दिक अभार प्रकट गर्दै आउने भावी दिनहरुमा पनि महत्वपूर्ण सल्लाह, सुझाब, प्रतिक्रीया र सहयोगको अपेक्षा साथ बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player