हाम्रो गतिविधि
भाषिक सिर्जना वाचन तथा छलफल कार्यक्रम सम्पन्न

असार २९, काठमाण्डौ । भाषिक सिर्जना/रचना वाचन तथा छलफल कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । जिमी (राई) उत्थान समाज सोलु, केन्द्रीय समितिद्धारा राजधानीको महाराजगंज स्थित स्किम कलेजको सभाहलमा २०७० असार २९ गते शनिबार आयोजित उक्त कार्यक्रममा सोलुखुम्बु जिल्लामा बसोबास गर्ने सबै राई भाषिक समुदायका सर्जकहरुले आ–आफ्नो मातृभाषा र नेपाली दुवैभाषाको सिर्जना वाचन गरेका थिए । कार्यक्रममा नेपाली गीति एंव काव्यिक क्षेत्रमा लामो समय खर्चेका अग्रज कवि एंव गीतकार टिका चाम्लिङ, अर्जुन खालिङ देखि नयाँ पुस्ताका २५ जनाभन्दा बढी स्रष्टाहरुले आफ्नो सिर्जना सुनाएका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा एंव वरिष्ठ कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा समाजका केन्द्रीय अध्यक्ष यस बहादुर राई, अतिथिको रुपमा किरात खालिङ उत्थान संघका अध्यक्ष रामरतन खालिङ राई, गीतकार टिका चाम्लिङ, कवि अर्जुन खालिङ, चामोलुङ्मा प्रतिष्ठान नेपालका अध्यक्ष एंव संगीतकार पविधन खालिङ राई, युवा नेता सुर्य कुलुङ, लाली गुराँस यूवा क्लब, काठमाण्डौका अध्यक्ष एंव समाजसेवी भलकाजी थुलुङ राई, अक्षयकोषदाता राधादेवी राई, लेखक पुर्णसिं थुलुङ राई, स्किम कलेजका संस्थापक प्राचार्य एंव वातावरणविद् हेव बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । स्रष्टाहरुको सिर्जना वाचन सकिएपछि कार्यक्रमको अन्त्यमा आफ्नो समिक्षात्मक भनाई राख्नहुदै कार्यक्रमका प्रमुख अतिथि एंव वरिष्ठ कवि श्रवण मुकारुङले भाषाको विकास र संरक्षणमा साहित्यको महत्वपुर्ण भुमिका हुने उल्लेख गर्दै जिमी (राई) उत्थान समाजको यो प्रयास सह्रानीय रहेको बताउनुभयो । आगामी दिनमा यस प्रकारका कार्यक्रमहरु आयोजना प्रतियोगीतात्मक गर्दा राम्रो हुने धारणा राख्नुभयो । प्रतियोगीताले नयाँ स्रष्टाहरुलाई अझ राम्रो सिर्जनाको खेति गर्न हौसला प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा आफ्नो भनाई राख्नुहुदै समाजका अध्यक्ष एंव कार्यक्रमका विशेष अतिथि यस बहादुर राईले ‘भाषा बाँचे जाति बाँच्ने र भाषा मरे जातिको औचित्य समाप्त हुने’ विचार राख्नुहुदै यो अभियानमा अझ थप कार्यक्रमहरु गर्दै जाने संस्थालाई हौसला मिलेको बताउनुभयो । समाजका केन्द्रीय सदस्य एंव कार्यक्रमका संयोजक अबि राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम समाजका केन्द्रीय सदस्य एंव गायक जसिहाङ राईले संचालन गर्नुभएको थियो । कार्यक्रमको बीचमा समाजका महासचिव केशर राईले कार्यक्रमको औचित्य र समाजको बारेमा संक्षेपमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम अवधिभर समाजका केन्द्रीय सदस्य उदस खालिङ राईले प्राविधिकको भुमिका निर्भाह गर्नुभएको थियो भने केन्द्रीय सदस्य ईश्वरी राईले व्याज वितरण गर्नुभएको थियो । कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न समाजमा क्रियाशिल सबै महानुभावहरुले महत्वपुर्ण भुमिका निर्भाह गर्नुभएको थियो ।

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player