बिशेष मेडिकल / जिमी संजीवनी कोष अन्तरगत थप रकम प्राप्त (बेल्जियम)
मिति २२ नेभेम्बर २०१५, जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिले सोलुखुम्बुका किराती समुदायका जटिल खालको रोगहरु जस्तै क्यान्सर, किड्नी र मुटुको समस्याबाट पिडित महानुभावहलाई उपाचारमा सहयोग गरी नयाँ जीवन दिलाउने प्रयास स्वरुप करिब पाँच वर्षभित्र रु. १००००००० । (अक्षेरुपी एक करोड रुपैयाँ) को विशेष स्वास्थ्य कोष स्थापना गर्न लागेकोमा सोहि अभियानलाई सफल पार्न स्थायी ठेगाना नेचाबतासे, सोलुखुम्बु भई हाल व्यवसायको शिलसिलमा बेल्जियममा रहनुभएका समाजका विशिष्ट सदस्य, अक्षयकोषदाता श्री शेरबहादुर राई ज्यूले रु. ५२०००।– (अक्षेरुपी बावन्न हजार रुपैयाँ) प्रदान गर्नुभएको छ । उहाँप्रति समाज हार्दिक आभार प्रकट गर्दछ ।