जिमी (राई) उत्थान समाज, हार्दिक अभार ब्यक्त गर्दछ
जिमी (राई)उत्थान समाज,सोलु केन्द्रीय समितिले सोलुखुम्बुका किराती समुदाय भित्रका जटिल किसिमको रोगहरु जस्तै क्यान्सर, किड्नी र मुटु सम्बन्धीको समस्याबाट पिडित महानुभावहरुलाई उपाचारमा सहयोग गरी नयाँ जीवन दिलाउने प्रयास स्वरुप करिब पाँच बर्ष भित्र करिब रु.१०,०००,०००।– (अक्षेरुपी एक करोड रुपैयाँ) को विशेष कोष/जिमी संजीवनी कोष स्थापना गर्न लागेकोमा सोहि अभियानलाई सफल पार्न सल्यान–७, सोलुखुम्बु स्थायी ठेगाना भई हाल कोरियमा रहनु भएका समाजसेबी, अतुलनीय एवं बृह्त्तर बिचारको मनकाधनी श्री निर राज राई ज्युले रु. १००,०००/००(अक्षेरुपी एक लाख रुपैयाँ) समाजलाई प्रदान गर्नु भएको छ । उहाँ अनी उहाँका स–परिवार प्रति समाज उच्च मूल्याकंन गर्दै हार्दिक आभार प्रकट गर्दछ ।