हाम्रो गतिविधि
२२ औ अक्षयकोष स्थापना (“देश बहादुर राई स्मृति मेडिकल ट्रष्ट २०७२”)

मिति २०७२ साल फाल्गुन ०८ गते शनिबार, जिमी (राई)उत्थान समाज,सोलु केन्द्रीय समितिको नियमित केन्द्रीय बैठक भई रहदा एक चेलीको आगमन भयो । स्थायी घर पञ्चन १, सोलु भई हाल सुकेधारा काठमाण्डौ हुदै बेलायतमा रहनुहुने समाजसेबी, अतुलनीय एवं बृह्त्तर भावनाकी मनकाधनी श्री कृष्ण राईको आगमन सँगै उहाँले यस समाजको मातहतमा सञ्चालन हुने गरी उहाँको स्वर्गीय श्रीमान स्व देश बहादुर राई को स्मृतिमा थप १ गर्दै २२ औं अक्षयकोषको स्थापना गर्नू भएको छ । “देश बहादुर राई स्मृति मेडिकल ट्रष्ट २०७२” शिर्षक रहेको अक्षयकोषको मूलधन रु.१०१,००५।– (अक्षेरुपी एक लाख एक हजार पाँच रुपैयाँ) रहेको छ । उहाँ अनी उहाँका स–परिवार, आफन्तजन प्रति समाज उच्च मूल्याकंन गर्दै हार्दिक आभार प्रकट गर्दछ ।


जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति,
काठमाण्डौं

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player