हाम्रो गतिविधि
जिमी (राई) उत्थान समाज, सोलु बेलायत शाखाद्धारा पुनः आर्थिक सहयोग

मिति २०७२ साल चैत्र २९ गते, तदानुसार १२ मार्च २०१६ का दिन जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय उपाध्यक्ष श्री प्रेम कुमारी राई को निवास, शान्तिनगर ३४, काठमाण्डौमा नेचा बतासे ६, सोलुखुम्बु स्थायी घर भएका श्री दुर्योधन राई को सुपत्री सुश्री एन्जीला राई वर्ष ७ को बिगत केही वर्ष देखि एस.एल.ई. नामक रोगद्धारा ग्रस्त भई रहेको हुदा उहाँको उपाचरको निम्ति थप आर्थिक सहयोग समाजलाई प्राप्त भएको छ । यस समाजको बिशेष बेलायत शाखाको कोषाध्यक्ष श्री कृष्ण राई र बेलायत शाखाको पहलबाट प्राप्त रकम रु.१,१३,१५०।– (अक्षेरुपी एक लाख तेह्र हजार एक सय पचास रुपैयाँ समाजको केन्द्रीय अध्यक्ष श्री यस बहादुर राई, उपाध्यक्ष प्रेम कुमारी राई, कोषाध्यक्ष बखत राई, सदस्य जे.बि. माईल, सदस्य बबिता राई, समाजसेबी एवंं अग्रज बुद्धिजीवी नेचा बतासे ९ का श्री लाल ब. राई, युवा तथा बिद्यार्थी श्री छिरिङ्ग राई आदिको उपस्थिति बीच केन्द्रीय अध्यक्ष श्री यस बहादुर राई र उपाध्यक्ष श्री प्रेम कुमारी राईद्धारा उक्त रकम दुर्योधन राईलाई हस्तान्तरण गरियो । सुश्री एन्जीला राईको शीघ्र सु–स्वास्थ्य लाभको कामन गर्दै संस्थाको बेलायत शाखाका टीम अनि सो इच्छाले आर्थिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरु प्रति समाज उच्च मूल्यांकन गर्दै हार्दिक अभार ब्यक्त गर्दछ ।

 

जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति,
काठमाण्डौ ।
 
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player