यस जिमी (राई) उत्थान समाज सोलुले नेचाबतासे वडा नं. ६ निबासी दुर्योधन राईको छोरी ७ बर्षीय एन्जिला राई २ बर्ष देखी S.L.E. नामक रोगबाट ग्रसित भएको कारण समाजका उपाध्यक्ष श्री प्रेम कुमारी राईको संयोजकत्वमा कोरियामा रहनु भएका सोलु नेचाबासी दाजु भाई तथा दिदीबहिनीहरुबाट कोरियामा रहनु भएका सोलु निबासी श्री राम बहादुर राईज्युको बिशेष पहलमा उठेको रकम रु.१,५१,०००/- संयोजकज्युबाट प्राप्त भएकोले आजै मिति ०७२ मंसिर १४ गते उहांकै निबास बानेश्वरमा निज बिरामीका पिता दुर्योधन राईलाई संस्थाका अध्यक्ष श्री यस बहादुर राईज्युबाट हस्तान्तरण गरियो । यसरी उपचारको लागी आर्थिक सहयोग गर्नु हुने सोलुनेचा बासी र बिशेष पहल गर्नु हुने राम बहादुर राईज्युलाई समाजको तर्फबाट हार्दिक धन्यवाद ब्यत्त गर्दै यहाँको उत्तरोत्तर प्रगतीको कामना गर्दछौं ।

