मिति २०७२ साल फाल्गुन २२ गते शनिबार, जिमी (राई) उत्थान समाज, सोलु मातहत संचालन भई रहेको अक्षयकोषहरु मध्ये “दाजु–भाई मेडिकल ट्रष्ट” का अक्षयकोषदाता श्रदेय जशु खालिङ, पर्खी खालिङ, मानबीर खालिङ र समाजको केन्द्रीय समिति बीच एक भेटघाट कार्यक्रम अध्यक्ष ज्यू निवास बालुवाटारमा सम्पन्न भएको छ । दाजु भाई मेडिकल ट्रष्टका अक्षयकोष दाता एवं निबर्तमान यस समाजको केन्दीय कोषाध्यक्ष जशु खालिङ र निबर्तमान केन्द्रीय सदस्य मानबीर खालिङज्युसँग हरदम भेटघाट एवं सहकार्य भई रहेता पनि यू.एस.ए. अर्थात अमेरिकामा बस्नु हुने श्रदेय अक्षयकोषदाता श्री पर्खी खालिङ ज्यू सँग भने संस्थाको पहिलो चोटी औपचारीक भेट भएको हो । केन्द्रीय अध्यक्ष, महासचिव, सल्लाहकार एवं सदस्यहरुद्धारा खादा ओडाएर पहिलो चोटी भेट भएको अक्षयकोषदाता श्री पर्खी खालिङ ज्युलाई सम्मान गरियो । छोटो भए पनि उपलब्धी मुलक उक्त भेटघाट कार्यक्रममा तीनै अक्षयकोषदाता ज्यूहरुले आ–आफ्नो महत्वपूर्ण मनतब्य समेत राख्नुभयो ।
समाजको आर्थिक विशेष गरी समाजद्धारा सञ्चालन भई रहेका अक्षयकोषहरु सम्बन्धी कोषाध्यक्षबाट र संगठानीक गतिबिधि सम्बन्धी महासचिवद्धारा संक्षेपमा प्रस्तुत सँगै समाजले स्थापनकाल देखि नै गरि रहेको समाज मातहत संचालनार्थ अक्षयकोषहरु एवं सम्पूर्ण गतिबिधीहरु उपलब्धी मूलक, आम जिमी दाजुभाई दिदी बहिनीहरुले धेरै अवसर प्राप्त गरी सेकेको र गरिरहेका, आफ्नो पनि स्थापनकाल देखि कालान्तर सम्मा नै यस संस्था प्रति आफ्नो जिम्मेबार रहेको र पूर्णरुपले आफुले निभाउनु पर्ने जिम्मेबार पनि बहन गर्ने बाचा गर्दै संस्थाले पछिल्लो समय स्थापना गरी रहेको “जिमी संजीवनी कोष” को लागि पनि आफ्नो बल बुद्धि बिबेकले भ्याए सम्म सहकार्य गरेर सहयोग गर्ने प्रतिबद्धता समेत “दाजु–भाई मेडिकल ट्रष्ट” का अक्षयकोषदाताले गर्नु भयो ।
केन्द्रीय अध्यक्ष श्री यस बहादुर राईद्धारा प्रस्तुत मनतब्यहरुलाई सम्बोदन गर्दै संस्था प्रतिको अघात स्नेह, माया, ममता र योगदानको उच्च मूल्याकंन गर्दै उहाँहरु प्रति हार्दिक अभार कृतज्ञा प्रकट गर्नु भयो । अव आउने दिनहरुमा पनि यसैगरी अझ यो भन्दा पनि सयौं गुणले संस्था प्रति यहाँहरु एवं तमाम् जिमी दाजुभाई दिदी बहिनीहरुले जिम्मेबारी बहन गर्नेछ भन्ने पूर्ण विश्वास र गरीदिनको लागि अनुरोध गर्दै समाजको उत्थान, संस्कृतिको जगेर्नाको, आर्थिक सबलताको निम्ति संस्था हर तवरले तमाम् सम्पूर्ण महानुभावहरुसँग सहकार्य गर्दै आईरहेको र गर्दै जाने अठोट सँगै उक्त छोटो भेटघाट कार्यक्रम यही बिसर्जन गर्नु भयो ।
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति,
काठमाण्डौ ।