हाम्रो गतिविधि
नौ बुँदे धरान घोषणा पत्र–२०६९

 

मितिः २०६९/११/९ जिमी (राई) उत्थान समाजको केन्द्रीय कार्यसमिति काठ्माण्डौ, क्षेत्रीय समिति धरान, स्थानीय समिति सोलु र भर्खरै मात्र गठन भएको ईलाका समिति बसाहा, उदयपुर सहित चारै तहका समितिको सुनसरीको धरानमा मिति २०६९ फागुन २७ र २८ गते आयोजित दुई दिने आन्तरीक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सहितको समाजको विशेष भेलावाट समाजका चारै समितिका अध्यक्षको हस्ताक्षर सहितको ९ बुँदे धरान घोषणा पत्र जारी गरियो । उक्त धरान घोषणा पत्रलाई सबै तहका समितिवाट अक्षरश कार्यान्वयन गर्ने समेत प्रतिबद्धता जाहेर भयो ।

नौ बुँदे धरान घोषणा पत्र–२०६९

१. सोलुखुम्बूको सदरमुकाम सल्लेरीमा किरात संग्रहालय निर्माणको कार्यलाई पूर्णता दिनका लागि जिमी (राई) उत्थान समाज              मातहतका सबै तहका समितिवाट संग्राहलय योग्य बनाउनमा आफ्नो तहवाट सक्दो योगदान  गर्ने,

२. किरात जन्य भाषिक, जातीय संस्थाहरुसंग भाईचाराको सम्बन्ध निर्माण गर्दै सहकार्य गर्दै जाने,

३. जिमी (राई) उत्थान समाजलाई भविश्यमा सफल तथा सबल बनाउदै लैजानका लागि युवा वर्गलाई अझ उद्दम्सिल बनाउंदै    

     जिम्मेवारी बोध गराउने,

४. महिला सशक्तिकरण तथा सक्रिय सहभागितामा जोड दिने,

५. विद्यमान ईलाका समिति बसाहा, उदयपुरलाई पूर्णता सहितको कार्यसमितिको रुपमा निर्माण गर्ने,

६. सार्वजनिक कार्यक्रमहरुमा मदिरा जन्य पदार्थको प्रयोगमा न्यूनीकरण गर्दै जाने,

७. धार्मिक सहिष्णुतालाई कायम राख्दै मौलिक परम्परागत किरात धार्मिक, सांस्कृतिक, ऐतिहासिक धरोहररुको     प्रबद्र्धन गर्दै

     जाने,

८. राजनीति प्रति निरपेक्ष रहने संस्थाको नीति रहेता पनि संस्थासंग आवद्ध सदस्यलाई राजनीतिक स्वतन्त्रता दिने,

९. स्वाभीमानी तथा स्वावलम्बी भूमि पुत्र किरात (जिमी) सन्ततीलाई आÏनै भूमि (जमिन) को उत्पादनशीलतालाई बढाउंदै प्रकृती र

   भूमिसंगको आदिम कालदेखिको सम्बन्धलाई अक्षुण राख्दै प्राकृतिक श्रोत साधनको उचित दोहन सहित संरक्षण, सम्बद्र्धन तर्फ  

   अभिप्रेरित गर्दै जाने, साथै किरात (जिमी) राई समूदायमा प्रचलित सबै प्रकारका घरेलु उत्पादनको संरक्षण, सम्बद्र्धन गर्दै किरात

    मौलिक कला, संस्कृतिको प्रस्तुतिकरण मार्फत आन्तरिक तथा बा≈य पर्यटन प्रबद्र्धन तर्फ क्रियाशिल रहने ।

 

 बिष्णु हर्क राई                    बुद्धिकिरण राई                   पून्य बहादुर राई                          यस बहादुर राई

अध्यक्ष                                   अध्यक्ष                               अध्यक्ष                                       अध्यक्ष

ईलाका समिति                    जिल्ला समिति                         क्षेत्रीय समिति                               केन्द्रीय समिति

 

 

 

 

 

 

 

 

 

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player