हाम्रो गतिविधि
क्षेत्रीय समिति धरान, सुनसरीद्धारा १५ औं वार्षिक उत्सव तथा वार्षिक साधारण सभा सम्पन्न

जिमी (राई) उत्थान समाजले आफ्नो सबै समितिहरुमा विविध कार्यक्रमका साथ वार्षिक उत्सव तथा वार्षिक साधारण सभा मनाउँने योजना अनुरुप क्षेत्रीय समिति धरान सुनसरीद्धारा मिति २०७० साल भाद्र १ गते शनिबारका दिन धरानको यलम्बर स्मृति संग्रहालयमा क्षेत्रीय अध्यक्ष श्री पून्य बहादुर राईको सभापतित्वमा १५ औं क्षेत्रीय वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न भएको छ । जिमी (राई) उत्थान समाज, केन्द्रीय अध्यक्ष श्री यस बहादुर राईको प्रमुख आतिथि, समाजका वर्तमान केन्द्रीय महासचिव केशर राई, पूर्वा माननीय भुपाल किराती लगायतको अतिथि रहेको वार्षिकोत्सवमा समाजको विभिन्न बुद्धिजिबी, समाजसेवि, कलाकार, पत्रकार, संगीतप्रेमी र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा क्षेत्रीय समिति धरान, सुनसरीको अर्थिक गतिविधि लगायत संस्थागत गतिविधिका प्रतिवेदनहरु समेत प्रस्तुत गरिएको थियो ।


मुन्दुम वाचन र प्रत्यक्ष सेग्रो नाचले अझ कार्यक्रमको रौनक थपिएको थियो । क्षेत्रीय समिति अध्यक्ष श्री पून्य बहादुर राईद्धारा बाहिङ्ग राई (भाषा) को मुन्दुम वाचन र कृष्ण बहादुर राईद्धारा थुलुङ्ग राई (भाषा) को मुन्दुम वाचन भएको थियो । उपस्थित तमाम् दर्शकहरुको आग्रह बमोजिम पुनः सेग्रो नाच प्रस्तुत गर्दै कार्यक्रम समापन भएको थियो ।
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player