नयाँ वर्षको अवसर पारेर जिमी राई उत्थान समाज सोलु, केन्द्रिय समिती काठमाडौंले वैशाख १ गते वनभोज तथा शुभ-कामना आदान प्रदान एक कार्यक्रमको बिच सम्पन्न गरेको छ ।
सभासद गोकर्ण राईको विषेश उपस्थितिमा उक्त बनभोज कार्यक्रममा सोलुखुम्बुका अधिकांश राईहरु भेला भै एक आपसमा शुभ-कामना साटासाट गरे । कार्यक्रममा क्वीज कन्टेस्ट खेलको प्रतिस्पर्धामा पारुहाङ, सुम्निमा, यलम्बर, जालिम र दुधकुण्ड समूहले भाग लिएका थिए भने बिङ्गो खेलको लागि धेरै सहभागीहरुले भाग लिएका थिए ।
बिजयी खेलाडी तथा समूहलाई सभासद गोकर्ण राई तथा जिमी राई उत्थान समाजका अध्यक्ष यस बहादुर राईले पुरस्कार वितरण गरेको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष राईली यो नयाँ वर्षको शुरुवातसंगै नेपाल र नेपाली जनताले हामीले सोचे जस्तै संविधान र शान्ती स्थापना हुने आशा व्यक्त गरे ।