जिमी (राई) उत्थान समाज, सोलु क्षेत्रीय समितिले धरान सुनसरीमा करिब साढे बाह्र कठ्ठा जमिन खरिद गरेको छ । २०६८ साल माघ १४ गते श्री पून्यबहादुर राईको अध्यक्षतामा गठीत क्षेत्रीय तदर्थ समितिले विशिष्ट एवं आजीवन सदस्यहरुबाट उठाएको सदस्य शुल्क तथा नपुग रकम विभिन्न ब्यक्तिहरुबाट संकलन गरी करिब २१०,०००।०० मा उक्त जग्गा खरिद गरेको हो । उक्त जग्गामा जिमी (राई) उत्थान समाज को उद्देश्य अनुरुपको बहु उद्देश्यीय सास्कृति भवन तथा स्थल निर्माण गर्ने लक्ष्य लिएको छ ।