जिमी (राई) उत्थान समाज सोलु, सोलुखुम्बु जिल्लाका आम किरात जिमी (राई) र पुख्र्याैली घर सोलुखुम्बु भई हाल स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पुर्ण किरात जिमी (राई) समुदायको भाषा, धर्म, संस्कृति, रितीरीवाज, परम्परा एवं साँस्कृतिक र धार्मिक महत्वका सम्पदाहरुको संरक्षण गर्दै आफ्नो समुदायको सामाजिक तथा आर्थिक उन्नति र विकासका लागि स्थापनाकाल देखि निरन्तर क्रियाशिल संस्था हो । यहाँहरुकै अमुल्य सल्लाह, सुझाब, सहयोग, सद्भाव र प्रेरणाले गर्दा संस्था निरन्तर अगाडी बढी रहेको कुरा यहाँहरुलाई सर्वविदितै छ । सदा झैं यसवर्ष पनि यहाँहरुको अमुल्य सहयोग, सुझाब, सल्लाहको अपेक्षा सहित संस्थाको आफ्नो गतिविधी, योजना र कार्यक्रमहरु यहाँहरु माझ प्रस्तुत गर्न र नवप्रतिभाहरुको सिर्जनाहरुलाई फूल्ने अवसर प्रदान गर्नको निम्ति एवं प्रवाह स्मारिका प्रकाशनलाई निरन्तरता दिदै "प्रवाह स्मारिकाको १७ औं अंक २०७१" प्रकाशन गर्न लागिएको सहर्ष जानकारी गराउँदै तपाई सम्पुर्ण महानुभावहरुमा आफ्नो विचारमुलक लेख रचना, साहित्यिक सिर्जनाका साथै शुभकामना र विज्ञापनहरु उपलब्ध गराई अमुल्य सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ ।
यहाँहरुको लेख, रचना, साहित्यिक सिर्जना, शुभकामना र विज्ञापन यहि मिति २०७१ साल श्रावण ३१ गते भित्र हामीलाई प्राप्त भईसक्नु पर्नेछ । हामीलाई प्राप्त सामग्रीहरु प्रकाशन गर्ने वा नगर्ने अन्तिम निर्णय प्रकाशन समितिमा निहित हुनेछ । धन्यवाद ।
सम्पर्क :
संयोजक: अबि राई (९८५११५९५८६)
जिमी (राई) उत्थान समाज,
केन्द्रीय कार्यसमिति, पोष्ठ बक्स नं. ९६२८ काठमाण्डौ
। ईमेल: raijimee@gmail.com
नोट: आफ्नो लेख रचना र शुभकामना÷विज्ञापन उपलब्ध गराउनको लागि क्षेत्रीय, स्थानीय र विदेश शाखाहरुमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
केन्द्रीय अध्यक्ष: यसबहादुर राई (९८४१२५५९४२)
बेलायत शाखा अध्यक्ष: हेमकुमार राई तथा सचिव मुलीवीर राई ( jimeerai@hotmail.com)
क्षेत्रीय अध्यक्ष : पुण्य बहादुर राई (९८४२१७३२७९)
स्थानीय अध्यक्ष: बुद्धिकिरण राई (९७५३००७११६)