हाम्रो गतिविधि
शुभ सगुन समरोह

 

शनिबार सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा एउटा बृहत सार्वजनिक कार्यक्रम थियो । कार्यक्रममा आमन्त्रित पाहुनाहरुमा एउटा छुट्टै माहौल देखिन्थ्यो अनि मुड पनि । जिमी राई उत्थान संघ सोलु, केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यक्रमका लागि औपचारिक निमन्त्रणा नभएपनि सञ्चारकर्मीको हैसियतमा हाजिर भइयो । सो कार्यक्रम सायद सबैको लागि नौलो थियो । 
‘माथ्लो घरे माईला बा ले त आफ्नो छोराको विहेमा लाख खर्च गरे । मैले पनि मेरो छोराको विहेमा ऋण खोजरै भएपनि उसलाई टप्नुपर्छ, नत्र समाजले हेप्छन् भन्ने बाउँबाजेको साँेच अझै हाम्रो समाजमा कायम नभएका होइनन् । अझ भन्ने हो भने अचेल शहर बजारका हुनेखानेहरुले त आफ्नो बिहेमा खुब तडक भडक देखाउछन् । निकै खर्च गर्छन् । रमाइलोका नाममा फजूल खर्च गर्छन् । हजारौं मानिसलाई बोलाएर करोडौं खर्च गर्ने परम्पराको अहिले विकास भईरहेको छ । त्यसैको देखासिकीमा भइरहेको विवहाभतेरको  अस्वस्थ प्रतिस्पर्धाले मानिसको जीवनमा एकचोटी हुने विहेभतेर अहिले गरिबहरुका लागि एउटा ठूलो ग्रहदशाकै रुपमा उभिएको छ । 
त्यस्लाई सहज् बनाउन सकिन्छ भन्ने राम्रो उदाहरण बनेका छन केसब  राई  र सुमित्रा  राई । जब जिमी राई उत्थन संघले सोलुखुम्बु जिल्ला देउसाका केशब र  सुमित्रा बीचको विवाह संस्थागत रुपमा गरिदिने निधो ग¥यो तब त्यो सम्भब भयो । यधपी संघका केन्द्रिय पूर्वसचिवसमेत रहेका केशवको अग्रसरता नभएको भए यस्तो कार्यक्रम गर्न सम्भव हुदैनथ्यो होला । नेपाली समाजमा आफ्नै भाषा, संस्कृतिअनुरुप गरिएको विहे सबैका लागि गर्विलो बन्दछ । त्यसो त संघले त्यसलाई पनि ध्यानमा राख्दै कार्यक्रमको आयोजना गरेको थियो । संघका अनुसार पहाडी जिल्ला सोलुखुम्बुमा जन्मेको मान्छेले विवाह गर्दा गर्न त्यहि पहाड जानुपर्ने वाध्यता छ त्यसलाई सहज बनाउन पनि यो कार्यक्रमको आयोजना गरिएको हो । 
शनिबारको औपचारिक कार्यक्रममा त्यस्तो पात्रको रुपमा उपस्थित थिए केशव र सुमित्रा, जसले आफ्नो विवाहबाट नयाँ सामाजिक उत्पे्ररणाको सुरुवात पनि गरिदिएको छ । नयाँ दम्पतिले दिप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरे भने सोही अवसरमा उनिहरुले जिमी राई उत्थान संघलाई ५० हजार रुपैयाँ सहयोग घोषणा पनि गरे । 
त्यसोत यसअघि पनि त्यस्ता विवाहहरु नभएका भने होइनन् । कार्यक्रमको प्रमुख अतिथिको रुपमा आमन्त्रित युवा नेता गगन थापा नेपाली राजनीतिकका एक हस्ती त हुदैहुन्, उनले पनि आफ्नो बिहे भोजमा हुने अनावश्यक खर्च कटाएर बचेको दुई लाख रुपैयाँ काठमाडौंको एउटा अस्पताल बनाउन लागिएको सघन उपचार कक्षका लागि हस्तान्तरण गरेर सामाजिक उत्तरदायित्व बहन गरेका थिए । प्रमुख अतिथिको पर्खाईमा कार्यक्रम सुचारु गर्ने समय अलिकति लम्बियो क्यार । कारणबस नेता थापाले आफु कार्यक्रममा आइपुग्न नसक्ने जानकारी गराएपछि भने औपचारिक कार्यक्रमलाई सुचारु गरियो । विहेको पहिरनमा सजिएर नायक केशव र नायिका सुमित्राको मञ्चआसनग्रहणसँगै अध्यक्ष यसबहादुर राईले कार्यक्रमको सभापतित्व ग्रहण गरे भने महासविच केशर राईले  कार्यक्रमलाई औपचारिकता दिए । कार्यक्रममा विभिन्न संघसंस्थाहरुको पनि प्रतिनिधित्व थियो । विशेष त औपचारिक कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले दाम्पत्य जीवनको अग्रिम शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको मध्य हुदै अन्ततर्फ गइरहेको थियो । बेहुला बेहुली संस्थागत रुपमा दुबोको माला लगाइदिएर विवाहको  लगन गाठो कसियो र औपचारिक घोषणा गरियो । अरुले पनि संस्थागत विवाह गर्न चाहे जिमी राईको ढोका खुल्ला रहेको जानकारी गराइयो । तर, विवाहमा आमन्त्रित पाहुनाहरुले इच्छाअनुसारको उपहारहरु दिन पाइने भएपनि दान दक्षिणा भने दिन नपाउने घोषणा गरियो 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player