सुचना
हार्दिक धन्यबाद ज्ञापन

 

मिति २०६९।०७।२९, जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समिति द्धारा समाजका उपाध्यक्ष श्री तेज बहादुर राईको संयोजकत्वमा देउसी–भैलो कार्यक्रम २०६९ सम्पन्न भएको छ । निर्धारित १ दिने देउसी भैलो कार्यक्रममा श्री हिमालयन चाएल्ड एकेडेमीको आगन, धापासीमा करिब बिहान ८ः०० बजे शुरु भई धापासी हाइट श्री सौमान खालिङको निवास हुदै करिब रातको १२ः०० बजे श्री अनीता राई, बिव राई तथा ज्ञानु राई को निवास, ठमेलमा समापन भएको थियो । 

 

जिमी (राई) उत्थान समाज, सोलुद्धारा आयोजित देउसी भैलो कार्यक्रम २०६९ को लागि सहर्ष स्वीकारी स्थान उपलब्ध गराउनु हुने घर धनी, त्यसै गरी कलाकार समुह, शुरु देखि अन्तिम सम्म नै उपस्थित भई ठुलो योगदान र सहयोग गर्नु हुने सम्पूर्ण देउसी भैलो परिवार, सवारी साधन उपलब्ध गराउनु हुने श्री गणेश राई, सम्पूर्ण दान दक्षिण दाताहरु र कलाकारहरु देखि लिएर सबै देउसी भैलो समुहलाई नै स्वदिस्ट खाना (मासु, भात, अचार, तरकारी...आदि) निःशूल्क रुपले उपलब्ध गराई ठूलो सहयोग गर्नुहुने श्री अनीता राई, बिव राई तथा ज्ञानु राई लगायत उहाका सम्पूर्ण टीम प्रति बिशेष गरी यो समाज उच्च कदर गर्दै हार्दिक अभार प्रकट गर्दछ । यसै गरी अव आउने दिनहरुमा पनि यहाँहरुको सहयोग, सदभाव र स्नेहको अपेक्ष गर्दछौ ।

 

 

जिमी (राई) उत्थान समाज, सोलु

केन्द्रीय समिति, काठमाडौं 

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player