लेख / विचार / गीत
कविता “ जीन्दगी ”

 

 

कविता

 “ जीन्दगी 

म वन्छु, भन्दा भन्दै

म भन्छु, भन्दा भन्दै

दिन अनि रात वितिसक्यौ ।

मौका पनि उम्कीसक्यौ ।

उमेरले पनि छेकी सक्यौ ।

 

वन्दिन्, भन्दा भन्दै

भन्दिन, भन्दा भन्दै

गर्दिन, भन्दा भन्दै

बदनाम पनि भईसके ।

अनेकौ पोल पनि खोलीसके ।

शोषण र दमन पनि त गरीसके ।

 

रुदिँन, भन्दा भन्दै

सुन्दिन, भन्दा भन्दै

भुल्दिन, भन्दा भन्दै

कैयौ छ्ण रोईसके ।

लाखौ पीडा सुनीसके ।

आफैलाई त भुल्न थालिसके ।

 

पिउदिन, भन्दा भन्दै

हिड्दिन, भन्दा भन्दै

मर्दिन, भन्दा भन्दै

कति वोटलहरु रित्याई सके ।

कता-कता पनि त हिडिसके ।

कठै ! मर्ने दिन त आईसके ।

 

 

शुक्र कुलुङ

वुङ-३,सोलुखुम्वु

नायब सुब्बा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।

     सिंहदरवार, काठमाण्डौ ।

 

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player