जिमी (राई) उत्थान समाज सोलु, सोलुखुम्बु जिल्लाका आम किरात जिमी राई र पुख्र्यौली घर सोलुखुम्बु भई हाल देश विदेशमा छरिएर रहनुभएका सम्पुर्ण किरात जिमी राई समुदायहरुको भाषा, संस्कृति, रितिरीवाज, परम्परा एंव साँस्कृतिक र धार्मिक महत्वका सम्पदाहरुको संरक्षण गर्दै आफ्नो समुदायको सामाजिक एंव आर्थिक उन्नति र विकासका लागि स्थापनाकाल देखि निरन्तर क्रियाशिल संस्था हो । यहाँहरुकै अमुल्य सहयोग, सद्भाव र प्रेरणाले गर्दा संस्था आज यहाँसम्म आईपुगेको छ । सदाझैं यसवर्षपनि यहाँहरुको अमुल्य सहयोगको अपेक्षा सहित संस्थाको आफ्नो गतिविधी, योजना र कार्यक्रमहरु यहाँहरु समक्ष पु¥याउन र नवप्रतिभाहरुको सिर्जनाहरुलाई फुल्ने अवसर प्रदान गर्न ‘प्रवाह’ स्मारिकाको १६ औं अंक २०७० प्रकाशन गर्न लागिएको सहर्ष जानकारी गराउदै तपाई सम्पुर्ण महानुभावहरुमा आफ्नो विचारमुलक लेख रचना, साहित्यिक सिर्जना र शुभकामना÷विज्ञापनहरु उपलब्ध गराई अमुल्य सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ । यहाँहरुको लेख, रचना, साहित्य सिर्जना, शुभकामना र बिज्ञापनहरु यही मिति २०७० साल भाद्र पहिलो हप्त अर्थात भदौ ७ गते भित्र हामीलाई प्राप्त भई सक्नुपर्नेछ । तपाईहरुको प्राप्त लेख रचनाहरु छाप्ने वा नछाप्ने अन्तिम निर्णय प्रकाशन समितिमा निहित हुनेछ । धन्यवाद ।
सम्पर्क :
संयोजक : श्री उदास राई (९८४१५२१४६२)
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति,
पोष्ट बक्स नं. ९६२८ काठमाण्डौ, नेपाल
ईमेल : raijimee@gmail.com
नोट: आफ्नो लेख रचना र शुभकामना÷विज्ञापन उपलब्ध गराउनको लागि क्षेत्रीय, स्थानीय, ईलाका र विदेश शाखाहरुमा पनि सम्पर्क गर्नसक्नुहुने छ ।
केन्द्रीय अध्यक्ष (काठमाण्डौं): श्री यस बहादुर राई (९८४१२५५९४२)
अन्तराष्ट्रिय अध्यक्ष (यू.के.): श्री हेम कुमार राई / सचिव: श्री मुलीबीर राई ( jimeerai@hotmail.com)
क्षेत्रीय अध्यक्ष (धरान, सुनसरी) : श्री पुन्य बहादुर राई (९८४२१७३२७९)
जिल्ला अध्यक्ष (सोलु,सल्लेरी) : श्री बुद्धि किरण राई (९७५३००७११६,९८५२८५१११६)
ईलाका अध्यक्ष (बसाहा, उदयपुर) : श्री बिष्णु हर्क राई (९८१९७१७०५९)