सुचना
जिमी (राई) उत्थान समाजको  बार्षिकोत्सव (स्थापना दिवस) सम्बन्धी अत्यन्त जरुरी सूचना !!!

जिमी (राई) उत्थान समाज, सोलु

केन्द्रीय कार्यसमिति, काठमाण्डौ

 

जिमी (राई) उत्थान समाजको  बार्षिकोत्सव (स्थापना दिवस) सम्बन्धी अत्यन्त जरुरी सूचना !!!

 

यस जिमी (राई) उत्थान समाजको आगामी २०७४ साल भाद्र २४ गते काठमाण्डौंमा हुन गईरहेको १९औं बार्षिकोत्सब (स्थापना दिवस) को उपलक्ष्यमा संस्थाको बार्षिक रुपमा आयोजना हुने कार्यक्रमहरुको सम्बन्धमा अक्षयकोष दाताहरु, बिशिष्ठ सदस्यहरु, आजीवन सदस्यहरु, साधारण सदस्यहरु, सहयोगी दाताहरु, समाजका शुभ चिन्तक लगायत सम्पूर्ण महानुभावहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

तपशिल

१. साहित्य तर्फः– विगत ५ बर्ष देखि यस समाजले भाषिक कविता गोष्ठीको आयोजना गर्दै आईरहेकोमा यस बर्ष भने किरात संस्कृती हाम्रो, किन राम्रो ?” भन्ने शिर्षकमा निबन्ध प्रस्तुतीको कार्यक्रम मिति २०७४ भाद्र १० गते  काठमाण्डौंमा हुन गईरहेको हुंदा संस्थागत रुपमा सहभागि हुन चाहानु हुने स्थानिय भाषिक संस्था र स्थानीय सोलु बासी विभिन्न भाषिक व्यत्तित्वहरुले व्यक्तिगत रुपमा आफ्नो प्रस्तुती बढीमा ५०० शब्दमा नबढाई लेखिएको प्रति मिति २०७४ भाद्र ८ गते भित्र समाजको कार्यालयमा दर्ता गराई सक्नु पर्नेछ र आयोजनाको दिन स्वयम आफै उपस्थित भई वाचन गर्नु पर्नेछ । प्रस्तुतीलाई संस्थाको आगामी स्मारिकामा प्रकाशन गरिनेछ ।

 

२. रक्तदानः– समाजको बार्षिक रुपमा आयोजना गरिने रक्तदान (Blood Donation) जीवन दानको कार्यक्रम मिति २०७४ भाद्र १७ गते शनिवार काठमाण्डौंमा हुन गईरहेको हुंदा उक्त पूण्य कार्यमा सबै जना सहभागि हुनु भई रक्तदान गरी देश र समाजलाई अमूल्य सहयोग गर्न समाज हार्दिक अनुरोध गर्दछ ।

 

३. स्मारिका प्रकाशनः– समाजले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा बार्षिक रुपमा “प्रवाह” नामक स्मारिका प्रकाशन गर्दै आएको व्यहोरा जानकारी गराउंदै यस बर्ष पनि उक्त स्मारिका प्रकाशनको लागि समाजका अक्षयकोष दाता, बिशिष्ठ सदस्य, आजीवन सदस्य, साधारण सदस्य, सहयोगी दाता, समाजका शुभ चिन्तक लगायत सम्पूर्ण महानुभावहरुवाट आफ्नो फर्म/कम्पनीको विज्ञापन उपलब्ध गराई सहयोग गरीदिनु हुन समाज हार्दिक अनुरोध गर्दछ । साथै स्मारिकामा प्रकाशनको लागि समाजलाई उपयागी लेख, निबन्ध, रचना लगायतका प्रस्तुती उपलब्ध गराउन हुन समेत यसै सूचनाद्वारा हार्दिक अनुरोध छ । । यहाहरुको लेख, रचना, साहितिक सिर्जना, शुभकाना र विज्ञापनहरु यहि मिति २०७४ साल भाद्र १० गते भित्र हामीलाई प्राप्त भई सक्नु पर्नेछ । हामीलाई प्राप्त सामग्रीहरु प्रकाशन गर्ने वा नगर्ने अन्तिम निर्णय प्रकाशन समितिमा निहित हुनेछ । धन्यवाद !!!

 

४. बार्षिक उत्सवः– समाजको बार्षिक उत्सव (स्थापना दिवस) आगामी २०७४ साल भाद्र २४ गते शनिवार काठमाण्डौंमा हुन गईरहेकोले यहांहरुको भव्य उपस्थितीको लागि समाज यसै सूचनाद्वारा सबैलाई जानकारी गराउंदछ ।

 

तपशिल कार्यक्रमहरुः

१. किरात संस्कृती हाम्रो किन राम्रो ? शिर्षकमा निबन्ध प्रस्तुती

                मितिः २०७४/०५/१०, शनिबार,

                समयः विहान १:०० बजेदेखि

                स्थानः नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौ ।

            संयोजकः श्री केशब कुमार राई

            फोन नं. ९८४१२२१५३५

            E-mail: keshabrai30@gmail.com

 

२. रक्तदान कार्यक्रम

                मितिः २०७४/०५/१७, शनिबार,

                समयः १०:०० बजे देखि १:३० बजे सम्म

                स्थानः  नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौ ।

               संयोजकः बखत राई

              फोन नं. : ९८४१३१३९४४

              E-mail : raibakhat@gmail.com

 

३. बार्षिकोत्सब/बार्षिक साधारण सभाको कार्यक्रम

                मितिः २०७४/०५/२४, गते शनिवार

                समयः ११:०० बजे देखि

                स्थानः  नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौ ।

             संयोजकः किशोर राई (युवा विभाग टिम)

              फोन नं. ९८४३०६२७५३

           E-mail : rai_kishor1@yahoo.com

 

४. “प्रवाह”  स्मारिका प्रकाशन समिति

                संयोजक:   श्री भोजानन्द राई

फोन नं. ९८४९०७०७४३

E-mail : raibhesan@gmail.com

स्थानः United Media & Entertainment Pvt. ltd.

Chabahil, Kathmandu,

Telephone: +977 4468111/9851023266
 

 

आयोजक

जिमी (राई) उत्थान समाज, सोलु

केन्द्रीय समिति

  Email: raijimee@gmail.com

  Website: http://jimeesamaj.org.np

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player