हाम्रो गतिविधि
जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोषको लागि अमेरीकाबाट अक्षयकोष प्राप्त

मिति २०७४।०५।३१ गते, काठमाडौं, जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिको बिशेष अगुवाईमा स्थापना भइरहेको जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोषको लागि समाजको १९ औं वार्षिककोत्सव तथा वार्षिक साधारण सभाको पूनित अवसरमा स्थायी ठेगाना सोलुखुम्बु जिल्ला, टाकसिन्दु गा.वि.स. वडा नं. १, फुलेली भई हाल अमेरिकामा स–परिवार रहनु हुने मनकाधनी, समाजसेवी, संगीत एवं गीतकार तथा यस समाजका विशिष्ट सदस्य श्री पविधन खालिङ ज्यूले रु.२५,०००।०० (अक्षेरुपी पच्चीस हजार रुपैयाँ) रकमको अक्षयकोष यस समाजका केन्द्रीय सदस्य श्री सुरज राई मार्फत सस्थालाई प्रदान गर्नु भएको छ । यस अभियानको निम्ति अमूल्य सहयोग गर्नु हुने अक्षयकोषदाता अनि उहाँका स–परिवारहरु प्रति समाज उच्च मूल्याकंन गर्दै हार्दिक आभार प्रकट गर्दछौ ।
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौ ।

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player