हाम्रो गतिविधि
१९ औं वार्षिककोत्सव तथा वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं, मिति २०७४ भाद्र ३१ गते शनिबार, नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौमा जिमी (राई) उत्थान समाज, सोलुले १९ औं वार्षिककोत्सव तथा वार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न गरेको छ ।
 
यसै वार्षिकोत्सवको अवसरमा आयोजित “किरात संस्कृति हाम्रो, किन राम्रो ?” शीर्षक अन्तरगत निवन्ध लेखन तथा वाचन कार्यक्रम समेत प्रस्तुत भएको थियो ।

कार्यक्रमको पहिलो चरण यस समाजका तत्कालीन महासचवि एवं सल्लाहकार केशर राईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सहभागीहरुको आ–आफ्नो निवन्ध प्रस्तुती सगै सम्पूर्ण सहभागीहरुलाई प्रौत्साहन स्वरुप रु.१०००।– नगद पुरुस्कार र प्रसंशपत्रले सम्मान गरिएको थियो । यस कार्यक्रमको केन्द्रीय सल्लाहकार केशव कुमार राई संयोजक रहनु भएको थियो र १४ जना निबन्धकारहरुले आफ्नो निवन्ध प्रस्तुत गर्नुभएको थियो ।
 
कार्यक्रमको दोश्रो चरणमा, सम्पूर्ण उपस्थित एवं आगन्तुक महानुभावहरुलाई स्वगत गर्दै समाजका महासचिव विक्रम बाबु राईले समाजले स्थापनाकाल देखि गर्दै र भोग्दै आएका अवस्थाहरुका बारेमा र हाल सम्मको समाजको बेलीविस्तार सम्बन्धी संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने समाजको आर्थिक सम्बन्धीको आर्थिक प्रतिबेदन केन्द्रीय कोषाध्यक्ष बखत ब. राईले प्रस्तुत गर्नु भएको थियो ।
 
यसै कार्यक्रमको अवसरमा स्थायी ठेगाना टाक्सिन्दु १, फुलेली, सोलुखुम्बु जिल्ला भई हाल यू.एस.ए. (अमेरिका)मा स–परिवार रहनु हुने मनकाधनी, समाजसेवी, संगीत एवं गीतकार तथा यस समाजका विशिष्ट सदस्य श्री पविधन खालिङ ज्यूले जिमी संजीवनी स्वस्थ्य उपचारकोष अन्तरगत रु.२५,०००।०० (अक्षेरुपी पच्चीस हजार रुपैयाँ) रकमको अक्षयकोष यस समाजका केन्द्रीय सदस्य श्री सुरज राई मार्फत प्रदान गर्नुभएको थियो ।
 
कार्यक्रममा किरात खालिङ राई उत्थान संघ, केन्द्रीय अध्यक्ष श्री अर्जुन खालिङ राई (मज्जबर), थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष श्री निर्कुधन राई, किरात बाहिङ्ग मुलुखिमका महासचिव श्री धिरेन्द बाहिङ्ग, अक्षयकोषदाता एवं पूर्व सभासद श्री गोकर्ण थुलुङ, अक्षयकोषदात एवं तत्कालिन सगरमाथा फाईनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ), स्टयान्डर्ड चार्टर्ड बैंकको संचालक समिति सदस्य (बोर्ड अफ डाइरेक्टर) श्री मन बाहिङ्ग, समाजसेवी एवं युवा नेता सुर्य कुलुङ्ग आदिले आफ्नो भनाईहरु प्रस्तुत गर्दै शुभकामना सगै अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजीबिहरु, अक्षयकोषदाताहरु, सल्लाहकार ज्यूहरु र बिभिन्न शुभेच्छुक महानुभावहरुको उपस्थितिमा समाजको १९ औं वार्षिक साधारण सभाको सम्पन्न कार्यक्रम समाजका केन्द्रीय सचिव श्री भोजानन्द राई सञ्चालन गर्नु भएको थियो ।
 
कार्यक्रमको अन्त्यमा यस संस्थालाई गति प्रदान गर्न प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सहयोग पु¥याई दिनुहुने सम्पूर्ण महानुभावहरु, साधारण, आजीवन र विशिष्ट सदस्यहरु, अक्षयकोषदाताहरु तथा शुभेच्छुक सबै प्रति हार्दिक कृतज्ञा प्रकट गर्दै यसैगरी अव आउने दिनहरुमा पनि निरन्तर पारस्परिक सहयोग र सदभावको अपेक्ष सहित बक्ताहरुको भनाईहरुलाई सम्बोदन गर्दै आफ्नो भनाई सहित जिमी (राई) उत्थान समाज, सोलुको १९ औं वार्षिककोत्सव तथा वार्षिक साधारण सभा बिसर्जन गर्नु भएको थियो ।
 
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौं ।
 
 

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player